काठमाडौं- वैदेशिक रोजगारीको प्रलोभनमा पारी महिलाहरु बिक्रीका लागि श्रीलंका ओसार्ने व्यक्ति पक्राउ परेका छन्। गैह्रकानुनी तवरले भारतहुँदै श्रीलंका पुर्याएर महिलाहरु बेचबिखन गर्ने मोरङ जिल्ला लेटाङ गाविस वडा नम्बर १ हाल परिवर्तित लेटाङ नगरपालिका- ३ का चन्द्रप्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो।
उनले चिनेको मान्छेमार्फत आकर्षक रोजगारीमा पठाउने भन्दै महिलाहरुलाई ललाईफकाई श्रीलंका पुर्याएर बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई राखेका थिए।
त्यहाँबाट फर्किएका पीडितले दिएको जाहेरीका आधारमा निज राईलाई शनिबार मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
हाल काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।