काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन ह्याक गर्ने किशोर पक्राउ परेका छन्।
साइबर ब्यूरोले ह्याक गरी विवरणहरु सार्वजनिक गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का एक किशोरलाई बुटवलबाट पक्राउ गरेको हो। ह्याक गरी सेवाग्राहीको तथ्यांकमा अनधिृकत पहुँच पुर्याई फेसबुक, इन्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा विवरण सार्वजनिक भएको थियो।
ह्याक गरी लिइएका डाटा तथा विवरणहरु नरपिचास नामको ट्वीटर ह्याण्डलमार्फत् उक्त विवरणहरु सार्वजनिक भएका थिए।
पक्राउ परेका युवकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।