• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विघटित जनमुक्ति सेनाका कमान्डरलाई ओली पक्षमा ल्याउने अभ्यासमा बादल

64x64
वीरेन्द्र ओली शुक्रबार, पुस २४, २०७७  १९:१४
1140x725

काठमाडौँ- नेकपा ओली पक्षका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्वजनमुक्ति सेनाका कमान्डरको खोजी सुरु गरेका छन्। तत्कालीन माओवादी जनयुद्धका रणनीतिकार मानिने थापाले विघटित जनमुक्ति सेना कमान्डरलाई आफ्नो पक्षमा पार्न खोजी गरेका हुन्। 

बादल निकट ३८ केन्द्रीय सदस्यमध्ये ३७ जनाले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समर्थन गरेपछि एक्लिएका उनले विघटित जनमुक्ति सेनाका कमान्डरसँग भेटघाट तीव्र पारेका हुन्। 

बादललाई ओली कित्तामा नजान उनीनिकट केन्द्रीय सदस्यले भेटेरै दबाब दिएका थिए। तर, बादलले आफू निकट केन्द्रीय सदस्यको सुझावलाई कार्यान्वयन नगरेपछि उनी जनमुक्ति सेनाको सहरामा लागेका हुन्। ओली पक्षलाई समर्थन गर्नेको संख्या बढाउन समस्यामा परेका पूर्व माओवादी नेता कार्यकर्ता र पूर्व जनमुक्ति सेनाको खोजी सुरु भएको हो। 

गृहमन्त्री बादलले विघटित जनमुक्ति सेनाका कमान्डरसँग भेट गरेको गृहमन्त्रीको सचिवालयका किरण भट्टराईले पुष्टि गरे। 'जनयुद्धताकाका केही कमान्डरहरूसँग गृहमन्त्रीको भेट भएको हो,' उनले भने, 'भेटमा नेताहरूलाई बादललाई सहयोग गर्ने वचन दिएका छन्।' 

जनमुक्ति सेनामा काम गरेका कमान्डरहरू खोज्ने क्रममा ओलीले तत्कालीन डिभिजन कमान्डर कालीबहादुर खाम ‘विविध’को नाम लिएका थिए। गत १५ पुसमा सुदूरपश्चिम प्रदेशका उपलब्ध नेता कार्यकर्ताको काठमाडौँमा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले कालीबहादुर खामबारे प्रचण्डलाई मतलब नै नभएको बताएका थिए। 

जनयुद्धमा साथ दिएका कमान्डरहरूको प्रचण्डलाई कुनै वास्ता नभएको बताउँदै ओलीले प्रचण्डलाई पदबाहेक केही नचाहिने टिप्पणी गरे। त्यहाँ भाषण गर्नुअघि नै ओलीले खामलाई बालुवाटारमै बोलाएर आफ्नो पक्षमा लाग्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। 

कोटेश्वरका व्यापारी रामेश्वर श्रेष्ठको बैसाख २८ गते ०६५ मा हत्याको आरोप लागेका खाम हालसम्म पनि फरार छन्। ओलीले आफ्नो पक्षमा लागे राज्यका तर्फबाट गर्न सक्ने सहयोग गर्ने वचन ओलीले दिएको बताइएको छ। 

ओलीले पूर्व माओवादी समूहलाई आफ्ना पक्षमा पार्न जनयुद्ध र जनयुद्धका घाइते विषयमा बारम्बार उठाउने गरेका छन्। ओली र थापा दुवै जना पछिल्लो समय पूर्वमाओवादी नेता कार्यकर्ता र पूर्व जनमुक्ति सेनालाई ल्याएर बलियो बनाउने रणनीतिमा लागेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले पूर्व जनमुक्ति सेना सघंका अध्यक्ष बिरु तामाङ ‘सुदीप’ थापाका स्वाकीय सचिव छन् भने महासचिव देवीबहादुर पराजुली ओली पक्षलाई समर्थन गरेका छन्। पूर्व जनमुक्ति सेनाका अध्यक्ष र महासचिवले ओली पक्षलाई समर्थन गरेपछि अरु जनमुक्ति सेनालाई आफ्नो पक्षमा पार्न लागेका छन्। आफ्नो पक्षमै पार्न थापाले गत पुस १६ गते तीन पूर्व बिग्रेड कमान्डरसहित जनमुक्ति सेनामा काम गरेका कमान्डरलाई निवासमै बोलाएर छलफल गरेका हुन्। 

बादलले बोलाएको छलफलमा पूर्व बिग्रेड कमान्डर दीपेन्द्र शाह ‘युगान्त’, तुकबहादुर थापा ‘अर्जुन’ र पूर्ण पुन ‘उषाकिरण’ तीन जना बिग्रेड कमान्डर पुगेका हुन्। यस्तै जनमुक्ति सेनामा काम गरेका रेशम पुन, विवि खराल, दुर्गा पोख्रेलले पनि उनीहरूसँगै भेटेका हुन्।

पूर्वजनमुक्ति सेनाले आफूलाई साथ दिए मनोवैज्ञानिक प्रभाव पारेर पार्टीमा बलियो हुने रणनीतिमा लागेका छन्। भेटमा पूर्व जनमुक्ति सेनाका कमान्डरले थापालाई साथीसँग छलफल गरेर मात्रै समर्थन गर्ने वा नगर्ने विषयमा स्पष्ट हुने बताएका छन्।

जनयुद्धका घाइते अपांगप्रति ओलीको मोह
तत्कालीन एमाले माओवादी एक हुने भएपछि हरेक वर्षको फागुन १ गते हुने जनयुद्ध दिवस कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएको रेकर्ड छैन। दुई पार्टी एक हुने भएपछि तीन पटक माओवादी समूहले जनयुद्ध दिवस मनाइसकेको छ। तर, जनयुद्ध दिवसकै दिन हुने कार्यक्रममा ओली अहिलेसम्म अनुपस्थित छन्।

तर, नेकपा विभाजन भएपछि माओवादी समूहका नेता कार्यकर्ता आफ्नो पक्षमा पार्न ओली प्रायः कार्यक्रममा जनयुद्ध शब्द दोहोर्‍याउने गरेका छन्। जनयुद्ध शब्द उच्चारण गर्न हिच्चकिचाउने ओलीलाई पछिल्लो समय प्रिय लाग्न थालेको छ। त्यति मात्रै होइन ओलीले जनयुद्धका घाइते अपाङ अंगभङ भएका कार्यकर्ता अवस्थाका विषयमा समेत बारम्बार व्याख्या गर्ने गरेका छन्। 

पुस १५ गते काठमाडौँमा उपलब्ध सुदुरपश्चिम प्रदेशका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओलीले जनयुद्धमा अपांग घाइते भएका नेता कार्यकर्ताप्रति प्रचण्डलाई कुनै मतलब नभएको आरोप लगाए। 

‘कतिका हात छैनन् कतिका खुट्टा छैनन्। कतिपय घाइतेहरू शरीरमा गोली बोकेर हिँडेका छन्। कति योद्धा विस्तारामा छन्,’ ओलीले उक्त कार्यक्रममा सान्त्वना दिए जस्तै गर्दै, ‘त्यस्तो जिन्दगी बिताउन कति कठिन हुन्छ त्यो उहाँ(प्रचण्ड)लाई के थाहा? उहाँ आफ्नो पोस्टको लागि मरिमेट्नु हुन्छ। आफ्ना परिवारका लागि मरिमेट्नु हुन्छ।’ 

जनयुद्धमा साथ दिएका लोकेन्द्र विष्टमगर र कालिबहादुर खामप्रति प्रचण्डलाई मोह नभएको ओलीले आरोप लगाए। ‘हिजो उहाँ (प्रचण्ड)लाई कालिबहादुर खाम चाहिन्थ्यो। कालीबहादुर खाम कहाँ छन्? किन चाहिँदैन कालिबहादुर खाम?,’ ओलीले खामप्रति सन्त्वना राख्दै भने, ‘उहाँ(प्रचण्ड)लाई बचाउने साथ दिने ती हजारौँका परिवारको अवस्था के छ? बेसारा बा आमा, टुहुराटुहुरु केटाकेटीको के चिन्ता? उहाँलाई नातागोता भए पुग्छ।’

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन सो पार्टीको काठमाडौँ जिल्लास्थित अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेपछि पार्ट... शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन अध्यक्ष ओलीले जेन जेड आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका हुन् । शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह नेपालका लागि साउदीका राजदूत फहद मोहम्मद ए मनिकरसँगको शिष्टाचार भेटका क्रममा नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने शनिबार, असार १३, २०८३
काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्