काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ६ जनाले विपिन आचार्यलाई समर्थन जनाएका छन् ।
रास्वपाका संस्थापनमा रहेका चर्चित अनुहारहरूले समर्थन गरेसँगै महामन्त्रीमा आचार्य निर्वाचित हुने लगभग निश्चित भएको हो ।
पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने, रञ्जु दर्शना र जगदीश खरेलले शुक्रबार बिहान विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए ।
महामन्त्रीमा आचार्यसहित अब राजुनाथ पाण्डे, मनिष झा, गणेश कार्की, सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।