मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेकाहरु र उनीहरुबाट बरामद मोटरसाइकल ।
काठमाडौं–मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा आमाछेदिङमु गाउँपालिका ३ का २२ वर्षीय गोर्खबहादुर तामाङ, पासाङ तामाङ र दावा काल्छन तामाङ छन्।
उनीहरुले ललितपुर गोदावरीका श्रीकृष्ण पहरीको बा ९० प ६८९८ नम्बरको ड्युक मोटरसाइकल पुस ११ गते तारकेश्वर जरंखुबाट चोरी गरेका थिए।
उनीहरुलाई नम्बर परिवर्तन गरी बा ८६ प ४११४ लेखेको ड्युक मोटरसाइकल तथा बा ५० प ९४४६ नम्बरको आर १५ मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।