काठमाडौं- सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सडकबाट भेरी नदीमा ना ५ ख ७५५० नम्बरको बस खस्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा दाङको बबई गाउँपालिकाका २२ वर्षीय सुमन नेपाली छन्। उनको उपचारको क्रममा मृत्यु भएको हो। घाइते दुई जनाको उपचार भइरहेको छ।
सल्यानको कालीमाटीबाट सुर्खेतको गुर्भाकोटका लागि छुटेको बस गुर्भाकोट नगरपालिका–९ बोटेचौरका नजिकै भुल्के भन्ने ठाउँबाट भेरी नदीमा खसेको थियो। बसमा तीन जना सवार रहेको पाइएको प्रहरीले जनाएको छ। अर्का एकजना भने वेपत्ता छन्। उनको खोजी कार्य जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।