नुवाकोट- विदुर नगरपालिका–५ कार्यालयले वडाभरिमै ज्येष्ठ नागरिक सरस्वती अर्याललाई ‘वडाकी आमा’ का रुपमा सम्मान गरेको छ।
विदुर –५ देवीघाटस्थित ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा आयोजित कार्यक्रममा ९८ वर्षीया अर्याललाई सम्मान गरियो।
‘वडाकी आमा’ अर्याललाई वडा कार्यालयबाट प्रदान गरिने सिफारिस तथा अन्य सबै सेवा निःशुल्क प्रदान गरिने जनाइएको छ । कार्यक्रममा वडाभरिका १४८ ज्येष्ठ नागरिक र ४४ दलित ज्येष्ठ नागरिकलाई पनि कम्बलसहित सम्मान गरिएको थियो।
कार्यक्रममा नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले ज्येष्ठ नागरिकको स्याहारसुहार, औषधोपचार र पालनपोषणमा सरकारले ध्यान दिनुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।