काठमाडौं– ट्राफिक प्रहरीले सडकबत्ती जडान गर्न सुरु गरेको छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले आफ्नो क्षेत्रका विभिन्न सडकहरुमा सडकबत्ती राख्न सुरु गरेको हो।
सवारी चाप हुने स्थान र भिडभाड हुने स्थानको पहिचान गरेर सडकबत्ती राख्न सुरु गरिएको प्रभाग कलंकीले जनाएको छ।
प्रभाग कंलकीका प्रमुख इन्सपेक्टर पुरूषोतम कार्कीले कलंकी क्षेत्रको सीता पेट्रोल पम्म, खशीबजार भाटभटेनी, सुमो पार्कलगायतका स्थानमा सडकमा स्ट्रिप लाइट जडान गरिएको बताए। सडकबत्ती जडानपछि दुर्घटना कम हुने प्रहरीको विश्लेषण छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।