काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय हरिवन, सर्लाहीका नासु वेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतोलाई घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारको टोलीले ११ हजार रुपैयाँ घुससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। लेखापढी व्यवसायी राम सुन्दर महतोले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधनबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाको आधारमा गएको अख्तियारको टोलीले पक्राउ गरेको हो।
आयोगको कार्यालय बर्दिवासबाट अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको हो।
नासु वेदनिधी बराल पनि सोही प्रकरणमा आयोगको टोलीले मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।