काठमाडौं– झापाकी जेशिका गुरुङले राष्ट्रिय च्याम्पियन तथा महिला नम्बर एक खेलाडी नङशलदेवी तामाङलाई पराजित गर्दै सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेका छिन्। जेसिकाले महिला जोडी तथा महिला यु १९ मा पनि फाईनलको यात्रा तय गर्न सफल भएकि छिन् ।
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा इटहरीमा भएको प्रतियोगितामा नवौं वरियतामा रहेकी जेशिकाले सेनाकी नङ्शललाई प्रतिस्पर्धात्मक खेलमा १४-२१, २१-१५ र २१-१६ ले पराजित गर्दै उपाधी भिडन्तका लागि सेनाकी रशिला महर्जनसँगको भेट पक्का गरेकी हुन्।
अर्को सेमिफायनलमा रशिलाले झापाकी सुनैना मुखिया माथि २१-६, २१-१७ को सहज जित निकालिन् । १४ बर्षिय खेलाडी रशिलाले प्रतियोगिता जितेमा कम उमेरमा सिनियर खेलमा प्रतियोगिता जित्ने खेलाडी बन्ने राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताए।
महिला जोडीमा झापाकी जेसिकाले सुनैना मुखियासँग मिलेर सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीलाई २१-१६, १७-२१, २१-१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरिन्। महिला जोडीमा अब जेशिका जोडीले सेनाका नङ्गशल देवि तामाङ्ग र अनुमाया राईको जोडीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। तामाङ जोडीले जेष्ट ब्याडमिन्टनका ज्योती लिम्बु र दिना पुनको जोडी माथि २१-१०, २३-२१ को जित दर्ता गरे।
यसै गरि महिला यु १९ मा जेशिकाले उपाधीका लागि सेनाकी रशिला महर्जनलाई पन्छाउनु पर्ने छ । जेशिकाले बिराज ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथि २१।९, २१।५ को जित निकाल्दा १४ बर्षिय रशिलाले बिराट ब्याडमिन्टन क्लबकै शिमा राजबंशीलाई २१।११, २१।१६ले पराजित गरिन् ।
ईटहरी काभ्य बाटिकास्थित इटहरी ब्याडमिन्टन क्लबको हलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुन एक पटक फाइनलमा खेल्ने भएका छन्। रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१।१८, २१।१५ ले पाखा लगाउंदा उनका प्रतिद्वन्दि धामीले सेनाका नविन श्रेष्ठलाई १४।२१, २१।८ र २१।१५ ले पन्छाउन सफल भए ।
पुरुष जोडी तर्फ सेनाका रत्न र नविन श्रेष्ठको जोडी फाईनल प्रवेश ग¥यो । सेनाका जोडीले पुलिसका बिष्णु कटुवाल र जीवन आचार्यको जोडीलाई २१।१४, २१।१७ले पराजित गर्यो। यस्तै अर्को सेमिफाईनल खेलमा एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१।१९, २१।१८ ले पराजित गर्दै फाईनल यात्रा तय गरे ।
पुरुषको यु १९ तर्फको खेलमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनल फाइनल प्रवेश गरे पछि सेनालाई एक स्वर्ण पक्का भएको छ । प्रफुलले जेष्ट ब्याडमिन्टनका सुनिल जोशीलाई २१।१८, २१।१२ तथा रुकेशले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रनिश सिंह ठकुरीलाई २१।१३, २१।१२ले पराजित गरे ।
भेट्रान्स तर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडीले स्वर्णका लागि ललितपुरका सुगत रत्न शाक्य र सुनिल शाक्यको सामना गर्ने भएका छन् । श्रेष्ठ र प्रधानको जोडीले मोरङ्गका पदम धिमाल र दिलकुमार राईको जोडीलाई २१।१२, २१।११ले र शाक्यको जोडीले झापाका श्रीप्रसाद धिमाल र सञ्जय भक्त श्रेष्ठको जोडीलाई १५।२१, २१।१९, २१।१८ ले पाखा लगाउन सफल भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।