काठमाडौं– कला, साहित्य र संगितमा निकै धनि मिथिला क्षेत्रको मौलिक खानापान प्रवर्द्धन गर्ने उद्देश्यले सो क्षेत्रको विविध परिकारहरुको बुधबार राजधानीमा प्रर्दशनी गरिएको छ।
मिथिला क्षेत्रमा अतिथिलाई सत्कारमा पस्कीने मड्का चिया देखि विदाईमा डेजर्टका रुपमा खुवाइने पानसम्मका परिकारलाई ललितपुर सातदोबाटोस्थित आइएचएम कलेजमा सेफहरुले पस्किएका छन्।
नेपाली मौलिक खानापानको प्रवर्द्धनमा काम गर्दै आएको आइ एम विथ सेफको आयोजना तथा आइएचएम कलेज र हस्पिटालिटी गाइड्सको सयुक्त आयोजनामा विज्ञ सेफहरू पशुपति पौडेल, महेश साह, सतिस महतो र बिकास डंगोललगायतको टिमले मिथिलाको मौलीकता झल्कने गरी मट्का चिया, बगिया, तरुवा, बथुवाको सागको सुप, मिथिला थालि सेट, आँपको अचार, आलु चोखा, लगायतका परिकारहरु पस्किएका थिए।
सेफ एसोसिएसन अफ नेपाल क्यानका संस्थापक अध्यक्ष पुष्प थापा मगर, मिथिला सस्कृतविद् धिरेन्द्र प्रेमर्सी, कलाकार अजित शाह, आर एण्ड डि सेफ सन्दिप खत्री, आइएचएम कलेजका सिइओ सुराच प्रसाईले भिथिलाको मौलीकता र पहिचानसँग जोडिएको खानाको प्रदर्शनीले समग्र नेपाली खानाको बजारीकरणमा प्रोत्साहन पुग्नेमा जोड दिए।
सेफ पुष्प थापा मगरले मिथिलाको मौलिक खाना, मिथिला क्षेत्रको मात्रै नभएर सिंगो नेपालकै परिचय भएको भन्दै आफूहरुले यसको प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।
मिथिला संस्कृतिविद् प्रेमर्सीले मिथिला क्षेत्र परापूर्वकालदेखि नै संस्कार र सत्कारमा सधैं अघि रहेपनि आर्थिक विपन्नता र खानपान प्रवर्द्धनको महत्व बुझ्न नसक्दा सधैं पछि परेको बताए।
त्यस्तै नेपाली मौलिक खानाको प्रवर्द्धनमा सक्रिय सेफ खत्रीले मिथिलाको खानापान मल्ल राजा र मिथिला राजाहरुबीचको पारिवारिक सम्बन्ध जत्तिकै पुरानो रहेको भन्दै खानासँग जोडिएको मिथिलाको कला र संस्कृति निकै सम्पन्न रहेको बताए।
त्यस्तै आइएचएम कलेजका सिइओ प्रसाईले सेफ सन्तोश साहले बिबिसी मास्टर सेफको विश्वमञ्चमा मिथिला र समग्र नेपाली खाना पस्किँदा आज विश्व समुदायले नेपालको खाना र संस्कृतिको विविधता बुझेको भन्दै हरेक क्षेत्र र व्यक्तिले सकारात्मक सोच र सेवाको भावनाले खानपान प्रवर्द्धनमा रचनात्मक भूमिका निर्वाह गर्नपर्ने धारण राखे।
खानामाथिको समिक्षा कार्यक्रममा कलाकार अजित साह, सेफ पशुपति पौडेल, सेफ महेश साह, पत्रकार तथा गायीका रुपा झा, पत्रकार अमरेन्द्र यादवलगायतले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।