प्रहरी प्रधान कार्यालय।
काठमाडौं- प्रहरी प्रधान कार्यालयले ३० जना एसपीहरूको सरुवा गरेको छ। मंगलबार प्रहरी महानिरीक्षकस्तरीय बैठकले एसपीहरूको सरुवा गरेको हो। माघ महिनाको तलब सेवा सुविधासमेत सरुवा भएको कार्यालयबाट पाउने गरी प्रहरी अधिकारीहरूको सरुवा गरिएको हो।
सरुवा सूचीअनुसार झापाको प्रहरी प्रमुखमा एसपी सानुराम भट्टराईको सरुवा भएको। भट्टराई डिएसपी हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ थिए।
चुनावको मिति घोषणा भएसँगै उनै भट्टराईलाई झापा प्रहरी प्रमुखको जिम्मेवार दिइएको छ। झापा प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो।
झापाको प्रहरी प्रमुखमा भट्टराईको सरुवा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यस्तो छ सूची




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।