काठमाडौं- युवाहरुलाई भिजिट भिसामा युएई पुर्याएर बेचबिखन गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महोत्तरी खयरमारा गाविस वडा नम्बर ४ घर भई चाबहिल बस्ने वर्ष ३५ का मङ्गले तामाङ भन्ने जितबहादुर भुजेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
उनले एक युवतीलाई घरेलु कामका लागि युएई पठाउने भन्दै ललाईफकाई विमानस्थल पुर्याएका थिए।
प्रहरीले आशंकामा सोधपुछ गर्दा उनलाई घरेलु काममा पठाउने भन्दै भिजिट भिसा बनाएर युएईमा बिक्रीका लागि पुर्याउन लागेको पाइएको थियो। पीडितले दिएको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको टोलीले निज भुजेललाई सुकेधाराबाट पक्राउ गरेको हो। यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।