काठमाडौं- काठमाडौंको थानकोटस्थित प्रहरी वृत्तबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) १५ हजार घुससहित पक्राउ परेका छन्।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई पक्राउ गरेको हो।
शर्मा वृत्तको मुद्दा शाखामा कार्यरत थिए।
उनीमाथि थप अुनसन्धान भइरहेको परिसरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।