काठमाडौं–आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ललितपुर गोदावरीका सुरज परियारलाई प्रहरीले पक्राउ गरेको छ।
गत शुक्रबार राति साढे ११ बजे कालिमाटीस्थित आफ्नो कोठामा सुरजले २२ वर्षीया श्रीमती मिरा सुन्दास परियारको घाँटी थिची हत्या गरेका थिए।
मिरा कोठाभित्र घाँटीमा सलको कपडा बेरिएको अवसथमा फेला परेकी थिइन्। उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।