• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

दयाहाङ, बुद्धिसागर र खगेन्द्रका फिल्मी कुरा

64x64
पुष्पा थपलिया आइतबार, पुस १९, २०७७  १५:०९
1140x725

काठमाडौं- ‘अँध्यारोदेखि मान्छेलाई डर लाग्छ तर फिल्म हल पनि त अँध्यारै हुन्छ,’ नायक दयाहाङ राईले कुरा सुरु गरे, आफू पहिलोपल्ट अँध्यारो हल छिर्दाको अनुभवबाट। 

भोजपुरको सानो हाइभिजन हल (भिडियो हल)मा बडेमानको साथ लागेर दयाहाङ पहिलोपल्ट अँध्यारो हलमा छिरेका रहेछन्। टिनले छाएको करिब एक सय जना अटाउने हलभित्र छिर्दा त्यहाँ गीत बजिरहेको रहेछ। दयाले भने, ‘गीतसँगै पर्दामा एउटा छायाँ चलिरहेको थियो। मलाई त सिनेमा भनेको यस्तै हुनेरहेछ भन्ने लाग्यो।’ उनले पछि मात्रै थाहा पाएछन्। त्यो त पंखा चलेको छायाँ पो रहेछ। असली फिल्म त गज्जबकै हुने रहेछ नि। उनले त्यो समयमा 'कसम' नामको नेपाली फिल्म हेरेका रहेछन्। 

चाख मानेर कुरा सुनिरहेका लेखक बुद्धिसागर पनि आफ्नो पहिलो फिल्म अनुभव सुनाउन तम्सिए। भने, ‘पहिलोपल्ट भिडियो हलमा छिर्दा बडेमानको पर्दा लगाएको देखें। ए त्यै भित्र होला फिल्म भन्ठानेको थिएँ। हामी तीन घण्टाअघि हलभित्र छिरेकाले निकै कुर्नुपर्‍यो। पर्दा खुल्ला भन्यो खुल्दैन। अब खुल्ला भन्यो खुल्दैन। मनभित्र लौ खत्तम भो। हामीलाई नदेखाई फिल्म अरुले मात्रै हेर्‍यो भन्ने लाग्यो। फिल्म हेर्न नपाइने भयो भनेर खलखली पसिना नै आयो,’ उनले थपे, ‘पछि पो थाहा भयो फिल्म त पर्दा माथिबाट पो आउने रहेछ।’ 

बिस्तारै नेपाली मात्रै होइन, हिन्दी फिल्म समेत हेर्न थाले बुद्धिसागरले। हेरेको पहिलो हिन्दी फिल्मको नाम याद नभएको भन्दै उनले भने, 'त्यो बेलामा हिन्दी भाषा बुझिदैनथ्यो। तर पनि अलिअलि अनुमान लगाइन्थ्यो।' 

कुराकानीका क्रममा उनले हसिमजाक पनि गरे। 

'एउटा नेपाली भारत घुम्न गएछ रे। बाटोमा जड्याहा लडिरहेको देखेपछि नजिक भएको मान्छेलाई सोधेछ रे, 'ये माता हेँ' (मातेको हो)? भारतीयले सरसर्ती हेरेर पुरुष देखेपछि भनेछ रे, 'नहीँ ये तो पिता हे (बाउ हो)'। नेपालीले फेरि भनेछ रे, 'ये पिता हे तो माता हे'।'

हिन्दी भाषा अनुमान लगाउँदा अनर्थ लाग्न गएको सम्झेर एक्लै हाँसे बुद्धिसागर। ‘त्यो फिल्ममा सडक हिलो भएर गाडी चिप्लिएको सिन थियो, त्यहाँ बोलेको नबुझेर मैले यो त हेर्न नहुने फिल्म पो रहेछ कि भन्ने सम्झेको थिएँ,’ उनले भने। 

हिन्दी भाषाको मामिलामा दयाहाङको भने छुट्टै अनुभव रहेछ। उनले पहिलो हिन्दी फिल्म 'लाड्ला' हेरेका रहेछन्। तर चित्र मात्रै। त्यो बेलामा कुन पात्रले के बोल्यो थाहै नपाई चित्र मात्रै हेरेर फिल्म हेरेको उनले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

बिस्तारै दयाहाङलाई फिल्मको रस बस्न थाल्यो तर समस्या पैसा हुँदैनथ्यो। त्यो बेलामा ठुला शरीर भएका मान्छेलाई गेटमा पाले राखिन्थ्यो जसलाई सबैले गेटकिपर भन्थे। उनले बाल्यकालको त्यो समय सम्झँदै भने, 'एकदिन म पैसा नभएर हल बाहिर एकोहोरो हेरेर बसिरहेको थिएँ, ती गेटकिपरलाई दया लागेछ र मलाई बोलाएर भित्र जान दिए। त्यो दिनदेखि उनले मलाई सधैं चिन्थे र पैसा नतिरी भित्र जान दिन्थे। 

बुद्धिसागरको ठाउँतिर भने फिल्म हलमा ठूलै मेला लाग्थ्यो। अलि शक्तिवान् मान्छेले मात्रै टिकट पाउँथे। बिस्तारै सोर्ससमेत लगाउनुपर्ने हुन थालेको थियो। 
आफ्ना बाल्यकालको फिल्महलको कुरा गर्दागर्दै उनि टक्क रोकिए। दुवैका कुरा सुनेर हाँसिरहेका कलाकार तथा लेखक खगेन्द्र लामिछानेलाई नजिक बोलाएर भने, 'मेरो भन्दा त यस्को पो खत्रा छ फिल्म हेर्दाको अनुभव।'

खग्रेन्द्र पनि आफ्ना अनुभव कतिखेर सुनाउँझैं बसिरहेका रहेछन्। बोल्न सुरु गरिहाले, ‘मैले हलमा सुरुमा हेर्न गएको फिल्म भनेको 'कन्यादान' हो।’ कन्यादान फिल्म हेर्न जाँदा पेल्नुपरेको पापडबारे उनी भन्छन्, ‘बुटवलदेखि हाम्रो गाउँमा एउटा मात्रै गाडी आउँथ्यो। गाडी यति भिड हुन्थ्यो कि, हामी गुडिरहेको बसमा दौडेर झुन्डिएर छतमा पुगेर बजार पुग्नुपर्थ्यो,’ उनले भने, ‘हलमा पुग्दा त्यहाँ रमितै रहेछ। हामी फुच्चेलाई अग्लाले पेल्ने नै भए, झनै पछि त त्यहाँका टोले गुन्डा नै आए। हातमा बेल्ट घुमाउँदै बडेमाका ज्यान भएका गुन्डाहरुको भिडले सबैलाई तितरबितर पार्‍यो। त्यही क्रममा एउटाको यत्ति ठूलो टाउको भएको बेल्टले मेरो गर्धनमा झ्याम्मै लाग्यो।’

त्यहाँबाट निस्किएर खुला ठाउँमा आएपछि पनि उनले पहेंलो देख्न नछाडेको बताए। यो घटनाले उनलाई फिल्म हेर्नका लागि टोले गुण्डाको बेल्ट खानैपर्ने रहेछ भन्ने लागिरहर्‍यो। खगेन्द्रको कुरा सुनैर तीनैजना धित मरुन्जेल हाँसे।

000

गोल्ड सिनेमा घरको शुभारम्भ कार्यक्रममा शुक्रबार एकसाथ देखिएका यी तीन जनाका फिल्मी कुरा सकिएका थिएनन्। एकछिनको हसाइपछि बुद्धिसागरले पुनः फ्लोर ओपन गरे, 'अनि पछिपछि फिल्म हेर्न पैसो कसरी जुटाउँथ्यौ नि? खग्रेन्द्रले गर्वका साथ भने, 'हाम्रो पसल थियो, त्यही भएर हप्तामा ५ रुपैयाँ जुटाउन खासै समस्या परेन।’

कहिले पचास पैसो, कहिले एक रुपैयाँ चोरे पनि हप्तामा त ५ रुपैयाँ सजिलै पुग्ने बाल्यकालको अनुभव उनले सुनाए। त्यतिबेला फिल्म हेर्न ५ रुपैयाँ भए काफी हुने उनको अनुभव छ। भने, ‘तीन रुपैयाँको फिल्म टिकट, एक रुपैयाँको बाटोमा गाडी भाडा र एक रुपैयाँको कुल्फी।’ 

खगेन्द्रको कुरा सुनेर दयाहाङ पनि चुप बस्न सकेनन्। उनको गाउँबाट हिँडेर फिल्म हेर्न ठाउँसम्म आइपुग्न तीन घण्टा लाग्ने रहेछ। त्यसैले वर्षमा तीन चोटी मात्रै फिल्म हेर्न सहर आउन पाउने भन्दै उनले भने, ‘म तास या चेस खेलेर फिल्म हेर्ने पैसा जुटाउथेँ। एक खेलबाट चार आनासम्म जित्न सकिन्थ्यो।’ 

फिल्म हेरेपछि मान्छे राखेर आवाजसहित कथा भन्दाको मज्जा सम्झिएर तीनैजना मख्ख परे। ट्याकट्याक गर्दै उताबाट घोडा आयो भन्दा सँगै हेरेको अर्को साथीले ‘इस्स्, तैले यो सिन त छुटाइस्’ भन्दासम्मको कुरा सम्झिए तीनै जनाले।

प्रविधिले फड्को मार्दै गयो। यी तीन पनि सँगैजसो राजधानी छिरे। यता आइसकेपछि भने हलमा भन्दा सिडीमा धेरै फिल्म हेरेको बुद्धिसागरले सम्झिए। हो मा हो मिलाउँदै दयाहाङले भने, ‘मैले पनि धेरैजसो फिल्म त सिडीमै हेरेँ।’ 

बुद्धिसागरले सिडी युगको कुरा सम्झिँदै भने, ‘मैले कोठा सर्दा सिडी फाल्नुपर्ने भयो। पोको पार्दा तीन बोरा भएछ। आधा रातमा यसलाई जलाउँछु भनेर एक बोरा घिसार्दै डेरा नजिकको चौरमा लगेँ। तर सिडीमा त आगो नलाग्ने रहेछ,’ उनले अगाडि भने, ‘एकदिन अति भएपछि एकजना ट्याक्सी चालकसँग दुखेसो पोखेँ। र लगेर धोबीखोलामा फालिदेऊ जति भन्यो त्यति पैसा दिन्छु भनें। चालकले पहिले त हुन्छ भन्यो तर पछि फोन गरेर, दाई मलाई त अफ्ट्यारो लाग्यो के गरौं पो भन्छ।’

उनले रौसिँदै भने, ‘मेरोबाट लगिहाल्यौँ अब जे गर तिम्रो इच्छा भनिदिएँ।’  

चालकले दिउँसो फाल्न लाज लागेर राती फालेछ। एक्लै आधा रातमा तीन ओटा बोरा, त्यो पनि गह्रौं बोक्न नसकिने, घिसार्दै लगेर फाल्दा कस्तो भयो होला भन्ने सम्झेर अहिले बुद्धिसागरलाई हाँसो लाग्छ रे। उनी एक्लै हाँसे र भने, ‘उसले धोबीखोलामा सीडीका बोरा फालेर मध्यरातमा म्यासेज गर्‍यो, 'दाइ काम पूरा भो।’

दयाहाङले पनि आफ्ना सीडी काण्ड रोक्न सकेनन्। भने, ‘मेरो त झनै तीन बोरा भन्दा बढी भयो। कोठा भित्र ठाउँ खाली नपाएर बाहिर राखेको सबै पानीले भिजाएर बिगारिहाल्यो नि।’ 

सबै कुरा सुनिरहेका खगेन्द्रले भने सिडीमा उति धेरै फिल्म हेरेनछन्। काठमाडौं आउने बित्तिकै ल्यापटप किनेको र टोरेन्टोको डाउनलोड गरी फिल्म हेर्न सुरु गरेको अनुभव साटे। 

टोरन्टोको डाउनलोड फिल्मपछि अहिले भने युट्युब र विभिन्न एपको समय आएको छ। अनुभव साँट्दै बुद्धिसागरले भने, ‘मलाई त मोबाइलमा फिल्म हेर्न गाह्रो लाग्छ, रगत बग्न नसकेर हातै मुठ्ठी पर्न छाड्ने रहेछ।’ ‘मोबाइल अड्याउने स्ट्यान्ड पाइन्छ त?’

यसको विपक्षमा उत्रिए दयाहाङ। उनले भने, ‘घरमा सबै आ-आफ्नो रुचिका कुरा हेर्ने खोज्छन्, टिभीमा झगडा गर्नुभन्दा एउटा कुनामा बस्यो, फिल्म हेर्‍यो।’
अर्को कुनाबाट खगेन्द्र बोले, ‘मोबाइलमा फिल्म हेर्दा रुने मान्छेलाई त फाइदा हुन्छ नि।’ 

रुने कुराले बुद्धिसागरलाई बढी छोएछ। उनले हाँस्दै भने, ‘फिल्म हेर्दा इमोसनल सिनमा मेरो त घुक्का नै छुट्छ।’

उनले सबैभन्दा धेरै रोएको विदेशी फिल्मको कुरा गर्दै भने, ‘मलाई त सबैभन्दा रुने सिन फिल्मभर त्यही होला जस्तो लागेर सिरानी भिजाएँ, तर त्यो भन्दा अझै डेन्जर रुवाउने सिन त आउनै बाँकी रहेछ,’ साथमा अझै थप्दै भने, 'पशुपतिप्रसाद हेर्न गएको सामान्य सिनमा पनि घुक्क गरेको आवाज आयो। यसो हेरेको त खगेन्द्र आफ्नो फिल्म हेरेर आफै रोइरहेको रहेछ। रुने सिनै छैन किन रोएको भनेर सोधेको त यो पछिको सिन कस्तो रुनेखालको छ रे।’ हाँस्दै खगेन्द्र भने, ‘त्यस्तो चाहिँ हैन है।’

बरु उनी आफ्नो पहिलो डेटिङको कुरा गरेर सम्झेर भने हाँसे। भने, ‘म र रोजिना पहिलोपल्ट फिल्म हेर्न गएको, आफू त रुने मान्छे गर्लफ्रेन्डको अगाडि आँसु लुकाउन कम्ती सकस परेन। जति थाहा नदिए पनि उनले थाहा पाइहालिन्, जिस्काएर हैरान।’ 

आँसु लुकाउने कुरामा दयाहाङको उपाय भने गज्जबको रहेछ। आँखाबाट आँसु खस्ने बेलामा यताउता हेरेर हाइ गर्‍यो अनि आँखातिर हात पुर्‍याएर पुछ्यो।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्