काठमाडौं- काठमाडौं महिला मण्डलले पदोन्नति कार्यशाला सम्पन्न गरेको छ। भारतीय तेरापंथ महिला मण्डलको सहयोगमा भर्चुअल प्रविधिधबाट शनिबार कार्यशाला सम्पन्न भएको हो।
कार्यशालामा काठमाडौं महिला मण्डलका अध्यक्ष प्रेमा नाहाटाले काठमाडौं महिला मण्डलका तर्फबाट स्वागत गर्दै मण्डलको कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
यस्तै राष्ट्रिय कार्यकारी सदस्य तथा अखिल भारतीय तेरापंथ महिला मण्डलका प्रभारी डा वन्दना बर्दियाले नेपालका पूर्व राष्ट्रपति रामवरण यादवको सन्देश वाचन गरी सुनाएकी थिइन्। कार्यशालाको सफलताका लागि नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुशील नाहाटा र तेरापंथ सभाका अध्यक्ष सुशीलजी जैनले पनि कार्यक्रमबारे चर्चा गरेका थिए।


आचार्य प्रवरको मंगलपाठबाट सुरु भएको कार्यशालामा अखिल भारतीय तेरापंथ महिला मण्डलकी चिफ ट्रस्टी शांथाले पुगलिया नवकार मन्त्रोच्चारण गर्दै कार्यशाला आयोजना गरिएकोमा बधाई दिएकी थिइन्। मण्डलकी राष्ट्रिय उपाध्यक्ष सरिताजी डागाले कार्यशालाको व्यवहारिक पक्षबारे चर्चा गरिन्। अखिल भारतीय तेरापंथ महिला मंडलका विश्वस्तसूरजजी बर्दियाले सद्वी प्रमुखको सन्देश सुनाउँदै अखिल भारतीय तेरापंथ महिला मण्डलले संचालन गरेका कार्यक्रमबारे चर्चा गरेकी थिइन्।
कार्यशालामा सहभागी नेपालका विराटनगर वीरगञ्ज, धुलाबारी, धरान, राजविराज, नेपालगञ्ज र काठमाडौंका विभिन्न शाखाले अखिल भारतीय तेरापंथ महिला मंडलका पदाधिकारीहरूलाई आभार व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।