सांकेतिक तस्बिर
काठमाडौं– कोटेश्वरबाट एक वटा कटुवा पेस्तोल बरामद भएको छ । बेवारिसे अवस्थमा पेस्तोल देखेपछ स्थानीयले प्रहरीले खबर गरेका थिए।
लगत्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पेस्तोल बरामद गरेको थियो।
पेस्तोल देखाएर लुटपाट गर्ने लागेको भन्ने बताएपछि सुरुमा प्रहरीले युवराज आलेमगरलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका युवाले नै आफ्नो मोबाइल लुटिएको प्रहरीमा बयान दिएपछि अहिले प्रहरीले एक दर्जन मान्छेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
यद्यपि पेस्तोल कसले, किन ल्याएको हो भन्ने खुलिनसकेको प्रभाग कोटेश्वरले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।