काठमाडौं–साविक विजेता रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ। रियलले सेल्टालाई २–० गोलअन्तरले पराजित गरेको हो।
शनिबार राति भएको खेलमा रियलको जितमा लुकास भाजक्वएज र मार्को एसेन्सियोले गोल गरे। खेलको छैटौं मिनेटमा नै लुकासले गोल गर्दै रियल मड्रिडलाई १–० गोलको अग्रता दिलाए। ५३ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २–० गोलको जित दिलाएका हुन्।
शनिबार राति नै भएका अन्य खेलमा भिल्लारियलले लेभान्टेलाई २–१ गोलअन्तरले पराजित गर्दा रियल भालाडोलिडले गेटाफेलाई १–० गोलले पराजित गरेको छ। त्यस्तै, सेभियाले भने रियल बेटिससँग १–१ गोलको बराबरी खेलेको छ।
जितसँगै १७ खेलबाट ३६ अंक बनाउँदै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ। तर लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा रियल मड्रिडले तीन खेल बढी खेलेको छ। एथ्लेटिको मड्रिडको १४ खेलबाट ३५ अंक छ। लिगको तेस्रो स्थानमा रियल सोसिडाड रहँदा जितसँगै भिल्लारियल १७ खेलबाट २९ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।