काठमाडौं– पाटेबाघको आक्रमणमा परी पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा एक महिलाको मृत्यु भएपछि रातिको समयमा पैदल‚ साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले एक सूचना जारी गर्दै केही महिनादेखि पाटे बाघको चहलपहल बढेको र गत शुक्रबार बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको भन्दै रातको समयमा पैदल हिँड्न‚ साइकल‚ मोटरसाइकल चलाउन रोक लगाएको हो।
हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा शनिबारदेखि नै राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हाे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।