म्याड्रिड- विश्व नम्बर एक टेनिस खेलाडी राफायल नाडालले ३४ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन्। नाडालले लगातार ५० सेट जित्दै अमेरिकाका जोन म्याकइन्रोको नाममा रहेको रेकर्ड तोडेका हुन्।
३४ वर्षीय स्पेनिस खेलाडी नाडालले म्याड्रिड ओपनको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाका डिएगो स्चारम्यानलाई ६-३ र ६-४ ले पराजित गर्दै लगातार ५० सेटमा जित हात पारेका हुन्। उनले शुक्रबार अस्ट्रियाका डोमिनिक थिएमसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
यसअघि सन् १९८४ मा अमेरिकी खेलाडी जोनले म्याड्रिड इनडोर ओपन जित्ने क्रममा लगातार ४९ सेटमा जित हात पारेका थिए। उनको रेकर्डलाई भंग गर्दै ५० सेट जित्ने क्रममा नाडालले बार्सिलोना, मोन्टे कार्लो र अघिल्लो वर्षको फेन्च ओपन जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।