सर्लाही- सहरी विकासमन्त्री प्रभु साह चढेको गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ वर्षीय बच्चु तामाङ घाइते भएका हुन्।
पैदलयात्रु तामाङको कम्मर र खुट्टामा चोट लागेको छ।
तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी कार्यालयले जनाएको छ।
‘ठक्कर दिएर मन्त्रीको गाडी हिँडेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीले भनेको छ, 'हिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।