काठमाडौं– राजस्व अनुसन्धान कार्यालय बुटवलमा रहेको एक भारतीय कन्टेनरबाट पेस्तोल बरामद भएको छ।
राजस्व छली गरेर सामान ओसारेको सुराक पाएपछि राजस्व अनुसन्धानसम्बन्धी मुद्दामा जिजे ०६ एजेड ६३५१ नम्बरको भारतीय कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र राजस्व अनुसन्धान कार्यालयले उक्त कन्टेनर जाँच गर्दा पेस्ताेल फेला परेको को । ट्रकको एअर फिल्टरभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।