काठमाडौंं- इंग्लिस क्लब म्यानचेसटर युनाइटेडका खेलाडी इडिसन काभानीलाई सामाजिक सञ्जालमा रंगभेदी शब्द लेखेको भन्दै तीन खेलको प्रतिबन्धसहित एक लाख पाउण्ड जरीवाना लगाइएको छ।
आफूले प्रयोग गरेको शब्दका लागि काभानीले माफी मागिसकेका छन्। उनले सामाजिक सञ्जालमा राखेको पोस्ट पनि तत्कालै हटाएका थिए। काला जातिको भन्ने अर्थ लाग्ने गरी उनले आफ्नो पोस्टमा ‘नेग्रिटो’ भन्ने शब्द प्रयोग गरेका थिए।
काभानीले अब म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लाविरुद्ध खेल्ने प्रिमियर लिग खेल, म्यानचेस्टर सिटीसँगको इएफएल कप सेमिफाइनल साथै वाट्फोर्डसँगको एफए कप तेस्रो चरणको खेल गुमाउने छन्।
युनाइटेडले सेन्टलाई हराएको ३–२ को खेलपछि आएको बधाईमा धन्यबाद दिँदा काभानीले त्यस्तो शब्दको प्रयोग गरेका थिए। यसैले उनले आफ्नो साथीलाई असल मनसायले त्यसो भनिएको बताएका छन्। आफूले कसैलाई अपमान या हानी गराउन त्यस्तो नलेखेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।