नयाँ दिल्ली- सनराइजर्स हैदरावाद जारी आइपिएलको प्लेअफमा प्रवेश गरेको छ। बिहीबार दिल्ली डेयरडेभिल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै हैदरावाद प्लेअफमा प्रवेश गरेको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको हैदरावादले लिग चरणमा ११ खेलबाट १८ अंक जोड्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो।
यता ११ खेलमा ८ खेलमा पराजित भएपछि दिल्ली समूह चरणबाटै बाहिरिएको छ। ६ अंक जोडेर पुछारमा रहेको दिल्ली समूह चरणबाट बाहिरिने पहिलो टिम बन्यो।
दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य हैदरावादले १ विकटको गुमाएर ७ बल खेल्न बाँकी छदा पार गर्यो। हैदरावादको जितमा शिखर धवनले नटआउट ९२ र कप्तान केन विलियमसनले नटआउट ८३ रन जोडे। धवनले ५० बलमा ९ चौका र ४ छक्का प्रहार गरे। विलियमसनले ५३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यसअघि एलेक्स हल्स १४ रनमा हर्षल पटेलको एलबिडब्लुको धरापमा परेका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले रिशव पन्तको शतकमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो। पन्तले नटआउट १ सय २८ रन जोडे। उनले खेलमा ६३ बलको सामना गर्दा १५ चौका र ७ छ्क्का हिर्काए। दिल्लीका ओपनरद्वय पृग्वी शाह ९ रन र जासन रोए ११ रनमा आउट भए। कप्तान श्रेयर एयर ३ रनमै आउट हुँदा हर्षल पटेल पनि २४ रनमा रनआउटको सिकार बनेका थिए। तर पन्तले आक्रामक ब्याटिङ गर्दै दिल्लीको इनिङ सम्हाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।