दिल्ली– आइपिएल क्रिकेटको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद विरुद्ध पुछारमा रहेको दिल्ली डेयरडेभिल्सका मध्यक्रमका ब्याट्सम्यान रिशव पन्तले शतक प्रहार गरेका छन्।
दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको खेलमा विकेटकिपर पन्तले १९ ओभरको दोस्रो बलमा शतक पूरा गरेका हुन्। उनले ५६ बलमा शतक प्रहार गर्न १३ चौका र ३ छक्का प्रहार गरे। अन्तिमसम्म टिकेका पन्तले नटआउट १ सय २८ रन जोडे। उनले अन्तिम ओभरमा हैदरावादका भुवनेश्वर कुमारलाई ३ छक्का र २ चौका प्रहार गरेका थिए। उनले खेलमा ६३ बलको सामाना गर्दा १५ चौका र ७ छ्क्का हिर्काए।
आइपिएलमा पन्तको यो पहिलो शतक हो। यसअघि उनले रोयल च्यालेन्जर्स बैंलोर विरुद्ध ८५ तथा राजस्थान रोयल्स विरुद्ध ६९ रन प्रहार गरेका थिए।
पन्तको आक्रामक ब्याटिङसँगै दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन जोड्यो। १ सय ८८ रनको लक्ष्य हैदरावादले सिजनमा पाएको सवैभन्दा ठूलो लक्ष्य हो। सिजनमा सवैभन्दा राम्रो बलिङ मानिएको हैदरावादका भुवनेश्वरले ४ ओभरमा १ विकेट लिँदा ५१ रन खाएका थिए।
दिल्लीले अन्तिम १० ओरभमा १ सय ३८ रन जोड्न सफल भयो।
त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीका ओपनरद्वय पृग्वी शाह ९ रन र जास रोए ११ रनमा आउट भए। कप्तान श्रेयर एयर ३ रनमै आउट हुँदा हर्षल पटेल पनि २४ रनमा रनआउटको सिकार बनेका थिए। तर पन्तले आक्रामक ब्याटिङ गर्दै दिल्लीको इनिङ सम्हाले।
प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न दिल्लीका लागि खेल जित्नै पर्ने बाध्यता छ। यता नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दिल्लीको एघारौं खेलमा पनि मौका पाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।