काठमाडौं–केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न कुमार बुढाथोकीलाई पक्राउ गरेको छ।
सिआइबीका डिआइजी सहकुल थापाले बुढाथोकीलाई पक्राउ गरिएको पुष्टि गरे ।
बुढाथोकीको समूहले २०६५ पुसमा रावलको अपहरण गरेको थियो। त्यसपछि १ करोड ५० लाख रुपैयाँ फिरौती लिएर पाँच दिनपछि रावललाई छाडिएको थियो।
अपहरणपश्चात फरार रहँदै आएका बुढाथोकीलाई १२ वर्षपछि सिआइबीले पक्राउ गरेको हो। भारतीय अन्डरवल्ड समूहका सदस्य उदय सेट्टीलगायतको समूह उक्त अपहरणमा संलग्न थियो। सेट्टीलाई भने नेपाल प्रहरीले २०६५ सालमै पक्राउ गर्न सफल भएको थियो । हाल उनी कैद सजाय काटिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।