काभ्रे- आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सीता नेपालीको शव पुस ९ गते फेला परेको थियो।
जीवन र सीता पनौती बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्थे। उनीहरूबीच आर्थिक कारोबार सम्बन्धमा विवाद हुने गरेको थियो। गत मंसिर २३ गते पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेकी थिइन्।
बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सीतालाई जीवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको छ।
घटनापश्चात् सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।