इटहरी- इटहरी उपमहानगरपालिकाको मध्यभाग भएर बग्ने टेंङ्ग्रा खोलामा पहिलो पटक व्यावसायिक जलयात्रा सेवा सुरु गरिएको छ।
इटहरी उपमहानगर–४ ले टेंङ्ग्रा खोलामा व्यावसायिक जलयात्रा सेवा सञ्चालनको परीक्षण अध्ययन पूरा गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने निष्कर्षसहित सेवा सञ्चालन ल्याएको हो । पहिलो परीक्षणमा नै इटहरीमा जलयात्रा सेवा राम्ररी चलाउन सकिने सफलता हात लागेको सेवा प्रदायक संस्था रिभर डिप र्याफ्टिङका सञ्चालक सुरेश बस्नेतले बताए।
बस्नेतले टेंङ्ग्रा खोलामा जमेको र बगेको पानी पर्याप्त भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जलयात्रा सहजै सञ्चालन गर्न सकिने अवस्था रहेको बताए । उनको संस्थाले तमोर, अरुण, सुनकोशी लगायत पूर्वका सबै नदी र खोलामा जलयात्रा सेवा सञ्चालन गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।