• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

म विश्राम चाहन्छु

पृथ्वीराज पोख्रेल शनिबार, पुस १८, २०७७  १७:२९
1140x725

जन्म जे-जसरी अचेतनमा (शास्त्रीय आधारमा गर्भावस्थामा चेतन र जन्मपश्चात् अचेतन) भयो भैहाल्यो, मैले त्यसलाई गाली गरिरहनुपर्ने आवश्यकता नै छैन। ‘गते शोको न कर्तव्य’। तर जन्मपछिको मृत्यु जुन अवश्यमेव घटित हुने नै छ भने त्यो मृत्यु मेरो एउटा रोजाइको होस्, मेरो तरिकाको होस्, जहाँ चेतन मन लिएर म मृत्युलाई स्वागत गर्न मुस्कुराएर तयार होउँ र उसलाई गलेका हार गरूँ, सायद त्यस्तो क्षण खोज्नुपर्दा म आत्महत्या गर्छु होला। 

मृत्युको अकल्पनीय भयले जीवन बाँचिरहेकाहरुले मृत्युलाई ग्वाम्लाङ्ग अङ्गालो हाल्नेहरुलाई कायर भनि दुत्कारिरहेको देख्दा म मा आत्महत्याको बीज अंकुरण भएर त्यस बाटोतर्फ मोडिन्न भन्न म सक्दिनँ। 

श्रीमद्भगवद्गीतामा महायोगी श्रीकृष्णले अर्जुनलाई आत्माबारे सम्झाउँदा आत्मालाई अभेद्य, अछेद्य, अदाह्य, अजर र अमर छ र यो आत्माले कपडा फेरेझैँ देहहरु फेर्दछ भनेका छन्। म त्यस्तो अजर अमर आत्माको विषयमा चिन्तन गर्दै गर्दा, नयाँ-नयाँ देहहरुमा भोग गरुँ को भावना लिएर जुरुक्क उठिहाल्दा मलाई सत्व, रज, तम जस्ता विषयहरुले च्याप्प समातेर बसालिदिनेछन् ध्यानमुद्रामा, त्यति नै बेला म सत्कर्म र असत्कर्मका गणीतमा रुमलिएर पराजन्मलाई सुधार्नकै लागि भए पनि यस्तो देहत्यागको भावना छोडिदिन सक्दो हुँ। 

त्यस्तै कतै बुद्धका विचारसमुद्रमा डुबुल्की लगाउँदै गर्दा मलाई थाहा हुनेछ कि ‘यो देह समयसँगै जरा हुँदै जान्छ, जीर्ण हुँदै जान्छ र जब यस आत्माले ठान्दछ यो देहले मेरा ईच्छा चाहनाहरुको पूर्ति गर्न सक्दैन र अर्को देह खोज्दछ वास्तवमा त्यही नै मृत्यु हो’ र यस्तो थाहा पाएको म, जो सांसारिक जीवनका अनेकौँ पीडाहरुले आक्रान्त भएको हुनेछु, त्यतिबेला सायद म आत्मैदेखि जीर्णदेहत्यागको कामना गरी नवदेह को खोज गर्छु होला। 

दार्शनिक गन्थनमन्थनका पाटाहरुलाई अलग्गै राखेर, तिनीहरु उपर आँखा चिम्लिएर सांसारिक हकिकतलाई नजर लगाउने हो भने त झन् म मेरो देहत्यागका हजारौँ कारण पाउन सक्छु। म जुनसुकै विषयलाई चिन्ताको चरमचुलीमा पुर्‍याएर चिन्मय जगतमा भौतारिइरहेको देहलाई चितामा सुताउने सामर्थ्य राख्छु।

भनिन्छ मृत्युको विज्ञानलाई हिन्दुधर्म/सनातन धर्मले जति अरु कुनै पनि धर्मले जानेको छैन। अत्याधिक जनसंख्याभएको क्षेत्रमा झाँगिएको धर्म भएकाले हुनसक्छ यसले मृत्युलाई राम्रैसँग जानेको पनि छ र त्यही धर्ममा पल्लवीत हुँदै गर्दा यसमा ध्यानजानु स्वाभाविक हो र म बेलाबेला मृत्युउपर विचार गर्छु र समाधि एवं सतिजस्ता उदाहरणहरु प्राप्त गर्दछु।

समाधि कुनै पनि अर्थमा आत्महत्या होइन र सति पनि आत्महत्या होइन, तर फरक के छ भने समाधि जुनसुकै बेला घटित हुन सक्दछ र ‘सति’ पतिको मरणमा। कुन आँटले चितामा बसेर पतिको शीरलाई काखमा राखेर प्राणलाई सहस्रारमा खिँचि ‘ल बाबु अब अग्नि देउ’ भन्न सक्दिहुन् सतिले म अचम्म पर्छु र यसको वैज्ञानिक जरो खोज्दै जाँदा पतञ्जलि योग सिकाउँदै हुनेछन् र समाधि जो योगको आठौँ अंग हो, त्यसमा मृत्युको विज्ञानलाई देखाइदिनेछन्। 

हृदयको सम्पूर्णताबाट कसैलाई प्रेम गर्दा त्यसले प्रेम फलाउन नसकेकोदेखि त्यस्तो नपुंसक प्रेमलाई धिक्कार्दै सायद कुनै दिन मैले आत्महत्या गर्छु होला ! 

Ncell 2
Ncell 2
nimb
nimb

बेरोजगार भएर यताउता आबारा काफिला हुँदा अनेकौँले बोलेका तीखा व्यङ्ग्यवाणलाई सहन गर्न नसक्दा सायद मैले आत्महत्या गर्छु होला !

जीवनमा पूर्णतः खाली (पूर्णमदः पूर्णमिदं वाला खालि होइन) हुनु, नितान्त एक्लो हुनुको पीडालाई मत्थर पार्न सायद मैले आत्महत्या गर्छु होला !

लेखनीमा रौद्ररुप धारण गरेर शब्दका ताण्डव नचाउँदा बारम्बार पत्रिकाहरुबाट निषेधित, तिरस्कृत हुनुपर्दा, बौद्धिक भनिएकाहरुले हियाउँदा असमयको जीवनोपस्थितिलाई मुख्तसर गर्ने उपाय खोज्नुपर्दा शायद मैले आत्महत्या गर्छु होला !

स्वकीय स्वभावको कसैद्वारा निन्दनीय लाञ्छना सुनिबस्दा स्वाभिमानको पहाडबाट हाम्फालेर जिउनुपर्ने अवस्था आउँदा म त्यस्तो बेलालाइ आत्महत्या भन्न रूचाउनेछु। 

Xtrem

Xtrem

सर्वधनाढ्य प्रकृति-रत्नलाई देखि उनीहरूसम्म आफ्नो पहुँच नदेख्दाको भुँइमानवीय हिनताबोधले जोतिँदाको बखतमा सायद मैले आत्महत्या गर्छु होला।

ज्ञानप्रौढहरूले भन्दछन् "सरल बन्नु सबैभन्दा कठिन काम हो" यही कठिन काम गर्दागर्दै झनै रूमल्लिएर बे-सरल भैरहेको छु, म सहज बन्न सकेको छैन, यही सहज बन्ने यात्रामा झनै सबैमाझ असहज हुन जाँदा सायद मैले आत्महत्या गर्छु होला। 

निर्धन छोरामाथि आमाको कुन खालको माया हुन्छ मलाई थाहा छैन। बगिरहेको पानी घोटिएर, बाफिएर सकिँदा मूलले के सोच्छ मलाई थाहा छैन। शीतल रोशनी हाँसिरहेको चन्द्रले आफ्ना दागहरु छाम्दै नाचेर किन पृथ्वी घुम्छ मलाई थाहा छैन। निरन्तर निरन्तर चलायमान सृष्टिले टक्क रोकिएर हेर्नुमा किन मजा मान्दैन मलाई थाहा छैन त्यसैले गतिशील जीवनलाई रोकेर हेर्ने उत्साहले कहिल्यै उचालिएँ भने त्यो दिन मैले आत्महत्या गर्छु होला !

सोचेजस्तो परीक्षाफल नआउँदा अघिल्तिर कलिझैँ उभिएको अन्धकार भविष्यलाई प्रकाशभन्दा ज्यादा शाश्वत मानेर देह त्यागिदिनेहरु झैँ म पनि गर्दिनँ भन्न म सक्दिन। किनकि म त्यस्तो भावप्रधान प्राणी मनुष्य हुँ र भावनका लहरहरुमा बगिहिँड्न मलाई सहज छ। 

घर भनेको त सौहार्द स्नेह र प्रेमले परिपूर्ण हुनुपर्ने हो। घर पुग्दा आह्लादित मन हुनुपर्ने हो तर मैले यस्तो अनुभव कहिल्यै गरिनँ। घरले मलाई घरको प्रत्याभूति गराउन सकेन। घर भनेको नाताका दुई-चार व्यक्ति बस्ने चारदिवार होइन, विश्वास र प्रेमको आलिंगन हुनुपर्ने हो तर मैले त्यो विश्वास र प्रेम अनुभव गर्न सकिनँ। मलाई घर नजिक पुग्नुको घरघेराभित्र पुग्नुको सोचले नै अत्यास लाग्छ। पीर र अफशाेचले मन भारी हुन्छ। असफलता र बेकम्माका उपर उपदेश सुन्नुपर्ने भयले प्यास लाग्छ। म अत्तालिएर चुप हुन्छु। 

म विश्वासिलो पात्र घरभरिमा भेट्दिनँ र बाहिरी फेरिफेरिमा त झन् यस्तो पात्र या प्रवृत्ति भेट्नु दुर्बोध्य छ। म यस्ता पात्रहरूको खोजीले थाकेको छु र सँधै थाकेको हुन्छु। म आफ्ना विचारप्रवाहहरूलाई कसैका सु-कर्णले पान गरेको हेर्न लालायित हुन्छु र यस्तो दृश्य स्वप्निल पनि हुन नसक्ने भयले कठोर कठोर शब्दनिर्माण गरि आफ्ना भावनाहरूलाई,  विचार र जीवन दर्शन, सिद्धान्तहरूलाई कतै गजल र कतै लेखमा बाँधिदिन्छु। देख्न नसक्नेहरू त्यसमा साहित्य देखेर फुर्किन्छन् तर मेरो पीडा देख्ने आँखा-मनहरू कतै कतै, टाढा-टाढा दूरदूरसम्म पनि देखिँदैनन् र म चिन्ताग्रस्त भइ असामान्य सोचाईलाई सार्थक नगरूँ भनी मनलाई  समातेर बस्छु।

मलाई छहराझैं गाउँदै बगिहिँड्नुको रहरमा जिन्दगीलाई तन्काएर सगर बनाउँभन्दा पाबन्दहरूले छोट्याएर कुँज्याउँदाको श्रावणमा सायद मैले आत्महत्या गर्छु होला ! 

जीवनका बारेमा लेखेको थिएँ पहिला धेरै नै, देवकोटासँग स्वर मिलाएर "मलाई बाघसँग डर लाग्दैन यदि उसले जीवन नखाओस्" भनेको थिएँ तर आज एक्लै आफ्नै स्वरमा भन्नुपरेको छ "मलाई बाघसँग डर लाग्छ यदि उसले जीवन नखाओस्"। 

यस्तै सानासाना कुराले दुःख दिएर जब मस्तिष्कमा डेरा जमाउँछन् र चिन्ताको बिज छर्छन् तब तब आत्महत्याबारे म सोचिबस्छु।

दर्शन व्याख्यान गरिएझैँ फेरिफेरि जीवन पाइएन भने देह त्याग्नुको के अर्थ ? मुहम्मद साहेब सही र श्रीकृष्ण गलत भए जीवनको के अर्थ ? निद्रालाई मृत्यु मानेर कुरान पछ्याउँ कि देहत्यागलाई मृत्यु मानेर पुराण ? जेलिएको डोरी सुल्झाउनु पनि छ र टुप्पो पनि भेटिँदैन। यस्तो बेला  विरोधाभाषको अत्यासले आत्महत्याको दर्शनलाई शायद मैले अंगाल्छु होला।

कमा र निपातहरूले लम्बिइरहेको जीवनमा पूर्णविरामको अवस्था कहिले आउला भनी बस्दा देहत्यागको कुनै अर्थ नदेखेर या भनौँ देहत्यागका अनेकौँ दुःख देखेर अद्वैतवादका चरणमा शरण पर्दा मलाई कुनै भित्री शंकराचार्यले दिक्षीत गरेर कसरी आत्माहरु पुनः पुनः संचरण गर्छन् संसारमा र कसरी सत्कर्मले एवं असत्कर्मले कार्य गर्दछन् ? 

आत्महत्या भन्नु नै कति गलत छ जब कि आत्माको हत्या गर्नै मिल्दैन। कसरी परब्रह्मको अंशबाट आत्मा बन्दछ र त्यो आत्मा माया अर्थात् प्रकृतिका नियममा रही यात्रा गर्दछ एवं त्यसको परब्रह्मतर्फको हिँडाइ कसरी हुन्छ बुझाउँछन्। परब्रह्मसँग मिलन नभएसम्म पुनः पुनः देहधारण–त्याग गर्नुपर्ने कुरा सम्झाउँछन्, आत्माको परमात्मासँग विलय नै वास्तविक मोक्ष हो  यानी कि आत्माको मृत्यु त त्यतिबेला मात्रै हुन्छ भनेर सम्झाउँछन् त्यसबेला बल्ल मलाई परमात्मासँगको मिलन हुने इच्छाले कुत्कुत्याउने छ र म वास्तविक आत्महत्यातर्फ लाग्नेछु। 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्