• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

म विश्राम चाहन्छु

पृथ्वीराज पोख्रेल शनिबार, पुस १८, २०७७  १७:२९
1140x725

जन्म जे-जसरी अचेतनमा (शास्त्रीय आधारमा गर्भावस्थामा चेतन र जन्मपश्चात् अचेतन) भयो भैहाल्यो, मैले त्यसलाई गाली गरिरहनुपर्ने आवश्यकता नै छैन। ‘गते शोको न कर्तव्य’। तर जन्मपछिको मृत्यु जुन अवश्यमेव घटित हुने नै छ भने त्यो मृत्यु मेरो एउटा रोजाइको होस्, मेरो तरिकाको होस्, जहाँ चेतन मन लिएर म मृत्युलाई स्वागत गर्न मुस्कुराएर तयार होउँ र उसलाई गलेका हार गरूँ, सायद त्यस्तो क्षण खोज्नुपर्दा म आत्महत्या गर्छु होला। 

मृत्युको अकल्पनीय भयले जीवन बाँचिरहेकाहरुले मृत्युलाई ग्वाम्लाङ्ग अङ्गालो हाल्नेहरुलाई कायर भनि दुत्कारिरहेको देख्दा म मा आत्महत्याको बीज अंकुरण भएर त्यस बाटोतर्फ मोडिन्न भन्न म सक्दिनँ। 

श्रीमद्भगवद्गीतामा महायोगी श्रीकृष्णले अर्जुनलाई आत्माबारे सम्झाउँदा आत्मालाई अभेद्य, अछेद्य, अदाह्य, अजर र अमर छ र यो आत्माले कपडा फेरेझैँ देहहरु फेर्दछ भनेका छन्। म त्यस्तो अजर अमर आत्माको विषयमा चिन्तन गर्दै गर्दा, नयाँ-नयाँ देहहरुमा भोग गरुँ को भावना लिएर जुरुक्क उठिहाल्दा मलाई सत्व, रज, तम जस्ता विषयहरुले च्याप्प समातेर बसालिदिनेछन् ध्यानमुद्रामा, त्यति नै बेला म सत्कर्म र असत्कर्मका गणीतमा रुमलिएर पराजन्मलाई सुधार्नकै लागि भए पनि यस्तो देहत्यागको भावना छोडिदिन सक्दो हुँ। 

त्यस्तै कतै बुद्धका विचारसमुद्रमा डुबुल्की लगाउँदै गर्दा मलाई थाहा हुनेछ कि ‘यो देह समयसँगै जरा हुँदै जान्छ, जीर्ण हुँदै जान्छ र जब यस आत्माले ठान्दछ यो देहले मेरा ईच्छा चाहनाहरुको पूर्ति गर्न सक्दैन र अर्को देह खोज्दछ वास्तवमा त्यही नै मृत्यु हो’ र यस्तो थाहा पाएको म, जो सांसारिक जीवनका अनेकौँ पीडाहरुले आक्रान्त भएको हुनेछु, त्यतिबेला सायद म आत्मैदेखि जीर्णदेहत्यागको कामना गरी नवदेह को खोज गर्छु होला। 

दार्शनिक गन्थनमन्थनका पाटाहरुलाई अलग्गै राखेर, तिनीहरु उपर आँखा चिम्लिएर सांसारिक हकिकतलाई नजर लगाउने हो भने त झन् म मेरो देहत्यागका हजारौँ कारण पाउन सक्छु। म जुनसुकै विषयलाई चिन्ताको चरमचुलीमा पुर्‍याएर चिन्मय जगतमा भौतारिइरहेको देहलाई चितामा सुताउने सामर्थ्य राख्छु।

भनिन्छ मृत्युको विज्ञानलाई हिन्दुधर्म/सनातन धर्मले जति अरु कुनै पनि धर्मले जानेको छैन। अत्याधिक जनसंख्याभएको क्षेत्रमा झाँगिएको धर्म भएकाले हुनसक्छ यसले मृत्युलाई राम्रैसँग जानेको पनि छ र त्यही धर्ममा पल्लवीत हुँदै गर्दा यसमा ध्यानजानु स्वाभाविक हो र म बेलाबेला मृत्युउपर विचार गर्छु र समाधि एवं सतिजस्ता उदाहरणहरु प्राप्त गर्दछु।

समाधि कुनै पनि अर्थमा आत्महत्या होइन र सति पनि आत्महत्या होइन, तर फरक के छ भने समाधि जुनसुकै बेला घटित हुन सक्दछ र ‘सति’ पतिको मरणमा। कुन आँटले चितामा बसेर पतिको शीरलाई काखमा राखेर प्राणलाई सहस्रारमा खिँचि ‘ल बाबु अब अग्नि देउ’ भन्न सक्दिहुन् सतिले म अचम्म पर्छु र यसको वैज्ञानिक जरो खोज्दै जाँदा पतञ्जलि योग सिकाउँदै हुनेछन् र समाधि जो योगको आठौँ अंग हो, त्यसमा मृत्युको विज्ञानलाई देखाइदिनेछन्। 

हृदयको सम्पूर्णताबाट कसैलाई प्रेम गर्दा त्यसले प्रेम फलाउन नसकेकोदेखि त्यस्तो नपुंसक प्रेमलाई धिक्कार्दै सायद कुनै दिन मैले आत्महत्या गर्छु होला ! 

Ncell 2
Ncell 2

बेरोजगार भएर यताउता आबारा काफिला हुँदा अनेकौँले बोलेका तीखा व्यङ्ग्यवाणलाई सहन गर्न नसक्दा सायद मैले आत्महत्या गर्छु होला !

जीवनमा पूर्णतः खाली (पूर्णमदः पूर्णमिदं वाला खालि होइन) हुनु, नितान्त एक्लो हुनुको पीडालाई मत्थर पार्न सायद मैले आत्महत्या गर्छु होला !

लेखनीमा रौद्ररुप धारण गरेर शब्दका ताण्डव नचाउँदा बारम्बार पत्रिकाहरुबाट निषेधित, तिरस्कृत हुनुपर्दा, बौद्धिक भनिएकाहरुले हियाउँदा असमयको जीवनोपस्थितिलाई मुख्तसर गर्ने उपाय खोज्नुपर्दा शायद मैले आत्महत्या गर्छु होला !

स्वकीय स्वभावको कसैद्वारा निन्दनीय लाञ्छना सुनिबस्दा स्वाभिमानको पहाडबाट हाम्फालेर जिउनुपर्ने अवस्था आउँदा म त्यस्तो बेलालाइ आत्महत्या भन्न रूचाउनेछु। 

सर्वधनाढ्य प्रकृति-रत्नलाई देखि उनीहरूसम्म आफ्नो पहुँच नदेख्दाको भुँइमानवीय हिनताबोधले जोतिँदाको बखतमा सायद मैले आत्महत्या गर्छु होला।

ज्ञानप्रौढहरूले भन्दछन् "सरल बन्नु सबैभन्दा कठिन काम हो" यही कठिन काम गर्दागर्दै झनै रूमल्लिएर बे-सरल भैरहेको छु, म सहज बन्न सकेको छैन, यही सहज बन्ने यात्रामा झनै सबैमाझ असहज हुन जाँदा सायद मैले आत्महत्या गर्छु होला। 

निर्धन छोरामाथि आमाको कुन खालको माया हुन्छ मलाई थाहा छैन। बगिरहेको पानी घोटिएर, बाफिएर सकिँदा मूलले के सोच्छ मलाई थाहा छैन। शीतल रोशनी हाँसिरहेको चन्द्रले आफ्ना दागहरु छाम्दै नाचेर किन पृथ्वी घुम्छ मलाई थाहा छैन। निरन्तर निरन्तर चलायमान सृष्टिले टक्क रोकिएर हेर्नुमा किन मजा मान्दैन मलाई थाहा छैन त्यसैले गतिशील जीवनलाई रोकेर हेर्ने उत्साहले कहिल्यै उचालिएँ भने त्यो दिन मैले आत्महत्या गर्छु होला !

सोचेजस्तो परीक्षाफल नआउँदा अघिल्तिर कलिझैँ उभिएको अन्धकार भविष्यलाई प्रकाशभन्दा ज्यादा शाश्वत मानेर देह त्यागिदिनेहरु झैँ म पनि गर्दिनँ भन्न म सक्दिन। किनकि म त्यस्तो भावप्रधान प्राणी मनुष्य हुँ र भावनका लहरहरुमा बगिहिँड्न मलाई सहज छ। 

घर भनेको त सौहार्द स्नेह र प्रेमले परिपूर्ण हुनुपर्ने हो। घर पुग्दा आह्लादित मन हुनुपर्ने हो तर मैले यस्तो अनुभव कहिल्यै गरिनँ। घरले मलाई घरको प्रत्याभूति गराउन सकेन। घर भनेको नाताका दुई-चार व्यक्ति बस्ने चारदिवार होइन, विश्वास र प्रेमको आलिंगन हुनुपर्ने हो तर मैले त्यो विश्वास र प्रेम अनुभव गर्न सकिनँ। मलाई घर नजिक पुग्नुको घरघेराभित्र पुग्नुको सोचले नै अत्यास लाग्छ। पीर र अफशाेचले मन भारी हुन्छ। असफलता र बेकम्माका उपर उपदेश सुन्नुपर्ने भयले प्यास लाग्छ। म अत्तालिएर चुप हुन्छु। 

म विश्वासिलो पात्र घरभरिमा भेट्दिनँ र बाहिरी फेरिफेरिमा त झन् यस्तो पात्र या प्रवृत्ति भेट्नु दुर्बोध्य छ। म यस्ता पात्रहरूको खोजीले थाकेको छु र सँधै थाकेको हुन्छु। म आफ्ना विचारप्रवाहहरूलाई कसैका सु-कर्णले पान गरेको हेर्न लालायित हुन्छु र यस्तो दृश्य स्वप्निल पनि हुन नसक्ने भयले कठोर कठोर शब्दनिर्माण गरि आफ्ना भावनाहरूलाई,  विचार र जीवन दर्शन, सिद्धान्तहरूलाई कतै गजल र कतै लेखमा बाँधिदिन्छु। देख्न नसक्नेहरू त्यसमा साहित्य देखेर फुर्किन्छन् तर मेरो पीडा देख्ने आँखा-मनहरू कतै कतै, टाढा-टाढा दूरदूरसम्म पनि देखिँदैनन् र म चिन्ताग्रस्त भइ असामान्य सोचाईलाई सार्थक नगरूँ भनी मनलाई  समातेर बस्छु।

मलाई छहराझैं गाउँदै बगिहिँड्नुको रहरमा जिन्दगीलाई तन्काएर सगर बनाउँभन्दा पाबन्दहरूले छोट्याएर कुँज्याउँदाको श्रावणमा सायद मैले आत्महत्या गर्छु होला ! 

जीवनका बारेमा लेखेको थिएँ पहिला धेरै नै, देवकोटासँग स्वर मिलाएर "मलाई बाघसँग डर लाग्दैन यदि उसले जीवन नखाओस्" भनेको थिएँ तर आज एक्लै आफ्नै स्वरमा भन्नुपरेको छ "मलाई बाघसँग डर लाग्छ यदि उसले जीवन नखाओस्"। 

यस्तै सानासाना कुराले दुःख दिएर जब मस्तिष्कमा डेरा जमाउँछन् र चिन्ताको बिज छर्छन् तब तब आत्महत्याबारे म सोचिबस्छु।

दर्शन व्याख्यान गरिएझैँ फेरिफेरि जीवन पाइएन भने देह त्याग्नुको के अर्थ ? मुहम्मद साहेब सही र श्रीकृष्ण गलत भए जीवनको के अर्थ ? निद्रालाई मृत्यु मानेर कुरान पछ्याउँ कि देहत्यागलाई मृत्यु मानेर पुराण ? जेलिएको डोरी सुल्झाउनु पनि छ र टुप्पो पनि भेटिँदैन। यस्तो बेला  विरोधाभाषको अत्यासले आत्महत्याको दर्शनलाई शायद मैले अंगाल्छु होला।

कमा र निपातहरूले लम्बिइरहेको जीवनमा पूर्णविरामको अवस्था कहिले आउला भनी बस्दा देहत्यागको कुनै अर्थ नदेखेर या भनौँ देहत्यागका अनेकौँ दुःख देखेर अद्वैतवादका चरणमा शरण पर्दा मलाई कुनै भित्री शंकराचार्यले दिक्षीत गरेर कसरी आत्माहरु पुनः पुनः संचरण गर्छन् संसारमा र कसरी सत्कर्मले एवं असत्कर्मले कार्य गर्दछन् ? 

आत्महत्या भन्नु नै कति गलत छ जब कि आत्माको हत्या गर्नै मिल्दैन। कसरी परब्रह्मको अंशबाट आत्मा बन्दछ र त्यो आत्मा माया अर्थात् प्रकृतिका नियममा रही यात्रा गर्दछ एवं त्यसको परब्रह्मतर्फको हिँडाइ कसरी हुन्छ बुझाउँछन्। परब्रह्मसँग मिलन नभएसम्म पुनः पुनः देहधारण–त्याग गर्नुपर्ने कुरा सम्झाउँछन्, आत्माको परमात्मासँग विलय नै वास्तविक मोक्ष हो  यानी कि आत्माको मृत्यु त त्यतिबेला मात्रै हुन्छ भनेर सम्झाउँछन् त्यसबेला बल्ल मलाई परमात्मासँगको मिलन हुने इच्छाले कुत्कुत्याउने छ र म वास्तविक आत्महत्यातर्फ लाग्नेछु। 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्