• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान निर्माण गर्दा संघर्ष गरेको शक्ति 'असंवैधानिक' कदमको विपक्षमा किन?

64x64
किशोर दहाल आइतबार, पुस १२, २०७७  १७:५२
1140x725

काठमाडौं- मन्त्रिपरिषद्को पुस ५ गतेको बैठकले प्रतिनिधिसभाको सिफारिस गरेपछि छिटो प्रतिक्रिया व्यक्त गर्नेमा जनता समाजवादी पार्टी थियो। सिफारिसको खबर सार्वजनिक भएको केही बेरैमै पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एक भिडिओ सन्देशमार्फत् सो कदम लोकतन्त्र र संविधानको मर्म विपरीत भएको बताए।

'यो कदमको विरुद्धमा सहकार्य गर्न नेपाली कांग्रेस, नेकपाभित्रका लोकतान्त्रिक शक्तिहरु, सम्पूर्ण राजनीतिक दल र वैकल्पिक राजनीतिक शक्तिहरुलाई सहकार्य गर्न म हार्दिक अनुरोध गर्दछु,' उनले भनेका थिए।

उनकै पार्टीका कतिपय नेताले अझ कडा शब्दमा संविधानमाथि 'कू' भएको प्रतिक्रिया व्यक्त गरे। ‘यो विल्कुल संविधानविपरीत कदम हो। संविधानमाथि कू हो। संवैधानिक व्यवस्थाको विपरीत, संवैधानिक मूल्यमान्यताको विपरीत काम भयो’, सोही दिन राजेन्द्र महतोले नेपाल लाइभसँग भनेका थिए।

यो पनि पढ्नुहोस्

संविधानमाथि ‘कू’ भयो, हामी मान्दैनौं : राजेन्द्र महतोआइतबार, पुस ५, २०७७

सोही दिन नै जसपाले एक विज्ञप्तिमार्फत् संस्थागत रूपमै प्रतिक्रिया व्यक्त गर्‍यो। 'प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो। यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ,' महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'त्यसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।'

जसपा त्यही पार्टी र नेताहरूको एकीकृत स्वरुप हो, जसले संविधान निर्माण प्रक्रिया र संविधानका कैयौं प्रावधानप्रति असन्तुष्टि जनाएर कडा संघर्ष गरेका थिए। २०७२ सालमा संविधान जारी हुनुअघि त्यतिबेलाका मधेस केन्द्रित विभिन्न दलमा रहेका शक्तिहरूले संविधानसभाका बैठक बहिष्कार, सभासद्‌बाट राजीनामा, सडक संघर्ष जस्ता संघर्ष गरेका थिए। तर संविधान जारी भइछाड्यो। त्यसपछि उनीहरूले संविधानलाई अस्वीकार मात्रै गरेनन्, भारतीय नाकाबन्दीको सहयोगी समेत बने।

जसपाका कतिपय नेताहरुले संविधान संशोधन गर्नुपर्ने मात्रै होइन, पुनर्लेखन नै गर्नुपर्ने बताउँथे। उनीहरू संविधान जारी गरिएको दिन पारेर असोज ३ गते 'कालो दिवस' पनि मनाउँथे।

प्रतिनिधिसभा विघटनको विरुद्धमा आइतबार आयोजित विरोध सभामा जसपाका नेता राजेन्द्र महतोले संविधान निर्माण गर्दा नै प्रतिगमन भएको बताए। 

'अहिले जुन संविधानमा प्रतिगमन भयो, त्यो संविधान बनाउँदा पनि प्रतिगमन नै गरिएको थियो। गोली हानेर संविधान बनाएको होइन? हिमाल, पहाड, तराई मधेसका जनताले आन्दोलन गरेका थिए। आदिवासी, जनजाति, दलित, थारु, मधेसी, मुस्लिम लगायतले जुन आन्दोलन गरेका थिए। त्यस अनुसार संविधान बनेन। त्यो प्रतिगमन नै थियो। जनता अग्रगमनका लागि लडेका थिए। केपी ओलीहरुले, नश्लवादीहरुले नश्लवादी संविधान बनाए', महतोले भने।

nimb
nimb
Ncell 2
Ncell 2

महतोको भनाइले संविधानलाई हेर्ने उनीहरुको दृष्टिकोण प्रष्ट पार्छ।

घोषणा हुनुअघि प्रक्रियामा र घोषणापछि संविधानकै विरोधमा संघर्ष गरेको शक्तिले अहिले संविधानमाथि 'कू' भएको निष्कर्ष निकाल्दै किन सडकमै आइपुग्यो त? संविधानलाई स्वीकार गर्ने उनीहरुको विगत ५ वर्ष यताको गतिविधिले यसलाई प्रष्ट पार्छ। संविधानमा असन्तुष्टि राखे पनि त्यसलाई संशोधन गराएर आफ्नो माग पूरा गराउने बाटो संसद नै भएको उनीहरुले बुझेको धेरै भइसकेको छ।

'संविधान पूर्ण थिएन। त्रुटिहरु थिए। गलत व्यवस्थाहरु थिए। त्यसलाई पहिचान सहितको संघीयता अनकूल बनाउन बाँकी थियो। आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, खस, आर्य सबैलाई समान अधिकारयुक्त बनाउन बाँकी थियो। संविधान नश्लवादी थियो, विभेदकारी थियो। हामीले भनिरहेका थियौं- संविधानलाई संसदबाट संशोधन गर्दै, सुधार गर्दै अगाडि लिएर जानुपर्छ', आइतबारको सम्बोधनमा अशोक राईले भने।

उनको भनाइले पनि स्पष्ट पार्छ- संविधानमा त्रुटि छन्। तर त्यसलाई सुधार गर्ने ठाउँमा संसद् नै हो। तर त्यो अहिल्यै भइहाल्छ भन्नेचाहिँ होइन। स्वयं जसपाकै लागि पनि यो एउटा राजनीतिक एजेन्डा हो।

अर्कोतिर, राजपालाई संघर्षका लागि थप राजनीतिक एजेन्डा चाहिरहेको अवस्था छ। समाजवादी र राजपाबीच एकता भएपछि पनि पार्टीले कुनै गतिविधि गर्न सकेको छैन। राम्रोसँग बैठक पनि बस्न सकेको छैन। पद विभाजनमा लामो समय अनिर्णित भएको यो पार्टीले कार्यकर्तामाझ एकताको राजनीतिक सन्देश दिन सकेको छैन। आफ्नो राजनीतिक उपस्थिति देखाउने यो राम्रो अवसर उसलाई प्राप्त भएको छ।

पार्टी एकता भएपछि जसपाले आफ्नो कार्यकर्तालाई भावनात्मक रुपमा जोड्न सकेको थिएन। उसका कार्यकर्ता सँगै हिँड्न, संघर्षको रणनीति बनाउन, एक अर्काप्रति सहयोगी हुन पाएका थिएनन्। अहिलेको सडक संघर्षले जसपालाई त्यो अवसर दिएको छ।

मुख्यतः अहिलेको कदमको प्रतिवाद गर्नु संविधान र लोकतन्त्रप्रति उत्तरदायी कुनै पनि दलको दायित्व बनिरहेको अवस्था छ। झन्, कांग्रेसले भूमिका स्पष्ट पार्न नसकेको अवस्थामा जसपालाई सडकमा उत्रिएर खालि ठाउँ कब्जा गर्ने अवसर पनि छ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्