मोरङ- सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मोरङ जिल्ला अदालतको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत मोरङमा बुझाइने प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।