काठमाडौं– प्रधानमन्त्री कप अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १३ देखि हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदान गरी २ वटा मैदानमा संचालन हुने प्रतियोगिता जेठ २८ गतेसम्म संलाचन हुनेछ।
प्रतियोगिताको आयोजना राष्ट्रिय खेलकुद परिषद्ले गर्न लागेको हो।भने व्यववस्थापन नेपालय इन्टरनेसनलले गर्नेछ।
१० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै म्यान अफ सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उदयीमान खेलाडीले १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ हात पार्नेछन्।
खेलाडी छनोट यसअघिका क्षेत्रीय खेलकुद विकास समितिले गर्नेछन्। प्रदेश २ र प्रदेश ६ को हकमा राष्ट्रिय खेलकुद परिषदले परिषदका बोर्ड सदस्यलाई जिम्मेवारी दिएको छ।
प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। जसमा समूह 'ए'मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, प्रदेश १, प्रदेश २ र प्रदेश ४ रहेका छन्। समूह 'बी'मा नेपाल पुलिस क्लब, प्रदेश ३, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ रहेका छन्। समूहमा लिग हुनेछ। शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्।
देशमा दर्जनौं टी–२० प्रतियोगिता भएपनि प्रधानमन्त्री कप राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता हो। अर्कोतर्फ नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो पटक एकदिवसीय राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।