काठमाडौँ- जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसद बैठक बोलाउनुपर्ने बताएका छन्। संसद् विघटनको विरोध विषयमा शान्ति वाटिका रत्नपार्कमा बोल्दै भट्टराईले सभामुखले आफ्नो अधिकार प्रयोग गरेर संसद बोलाउनुपर्ने बताए।
अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताउँदै भट्टराईले तत्काल बैठक बोलाउन सभामुखसँग माग गरे।
सभामुखले बैठक बोलाए आफूहरुले त्यहीँबाट फैसला गर्ने उनको भनाइ छ। संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेपनि ढुक्क हुने स्थिति नरहेको भट्टराईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।