काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् ।
११ औं ओभर बलिङ गरेका उनले सुदूरपश्चिमका तीन ब्याटरको लगातार विकेट लिँदै यस सिजनको दोस्रो ह्याट्रिक आफ्नो नाममा पारे ।
पौडेलले चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई ट्रम्पलम्यानबाट क्याचआउट गराए । पाँचौं बलमा दीपक बोहोरालाई सन्दीप जोराबाट क्याच आउट र पुनित मेहेरालाई छैटौं बलमा एलबीडब्लु धरापमा पारे ।
लगातार विकेट गुमाएको सुदूरपश्चिम दबाबमा परेको छ । १२ ओभरको समाप्तिमा सुदूरले ६ विकेट गुमाउँदै मात्र ४६ रन बनाएर खेलिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।