काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले केपी ओली चालीसको दशकदेखि निरन्तर प्रतिगमनको पक्षमा रहेको बताएका छन्।
शान्तिवाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले झापा विद्रोहको बेला १४ वर्ष जेल परेर अहिलेसम्म त्यसैलाई बेचेर खाइरहेको बताए। 'भन्ने कम्युनिस्ट तर अयोध्याको मन्दिर बनाउँछन्', उनले भने, 'चेपाङको घर जलाएर अर्बौ खर्च गरेर अयोध्यामा मन्दिर बनाउँछन्।'
प्रतिगमन एकैचोटी नआएर खण्डखण्डमा आउने उनले बताए। 'अहिले संसद भंग गरियो। विभिन्न निकायमा खल्तीबाट मान्छे राखेका छन्। संसद विघटन गरेर चुनावको मिति घोषणा गरिएको छ तर मन्त्री थपिएको छ। म प्रधानमन्त्री हुँदा संवैधानिक कू गरेर संविधानिक विघटन गरियो। तर १२ वटा मन्त्रालय खालि हुँदा पनि मैले मन्त्री थपिनँ', उनले।
उनले देश अक्करमा फसेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।