काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र ८ लाख रुपैयाँसहित विमानस्थलबाट २ जना पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट करिब १ सय ग्राम सुन बराबरका सुनका २ थान बाला र ८ लाख ७७ हजार रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भएका ४२ वर्षीय अर्जुनप्रसाद थपलिया रहेका छन् ।
उक्त स्थानमा जाँच गर्ने क्रममा भन्सार छली ल्याउन लागेको उक्त धातुसमेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।