काठमाडौं–म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई २–० गोलले पराजित गरेको हो।
आधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको सिटीले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गर्दै जित निकालेको हो। सिटीको जितमा इल्के गुन्डगन र फेरान टोरेसले गोल गरे। खेलको १४ औं मिनेटमा रहिम स्टर्लिङको एसिस्टमा गुन्डगनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीका लागि खेलको ५५ औं मिनेटमा टोरेसले गोल गर्दै २–० को अग्रता दिलाए। सुरुवातदेखि नै दबाबमा खेलेको न्युक्सालले गोल गर्न नसक्दा सिटीले २–० को जित निकाल्यो। शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन्। म्यानचेस्टर युनाइटेड आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि बराबरी खेल्दै अंक बाँड्न पुग्यो।
जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ। १४ खेलबाट सिटीले २६ अंक बनाउँदा पराजित न्युक्यासलको १४ खेलबाट १८ अंक छ। बराबरी खेलेको लेस्टरको भने १५ खेलबाट २८ अंक हुँदा म्यानचेस्टर युनाइटेडको १४ खेलबाट २७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।