मोरङ- शुक्रबार राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४ सय र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट १४ हजार ३ सय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।