• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बसाइँसराइ र घडेरीले मासिँदै खेतीयोग्य जमिन

64x64
शेरबहादुर ऐर शनिबार, पुस ११, २०७७  १३:१३
1140x725
निर्माणाधीन धनगढी उपमहानगरपालिकाको सिटि हल र धनगढी प्राविधिक विद्यालयको भवन

धनगढी (कैलाली)-सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा पछिल्लो समय बसाइँसराइ र घडेरी निर्माण तीव्र भएको छ। 

कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज, सुदूरपश्चिम प्रदेश राजधानी, निजी क्षेत्रको लगानीमा धमाधम सञ्चालन भईरहेका ठूला होटल, सुविधासम्पन्न विद्यालय, अस्पताललगायतले गर्दा कैलालीमा पहाडी तथा हिमाली जिल्लाबाट बसाइँसराइ गर्ने क्रम बढेको सरोकारवालाहरूको भनाइ छ। 

बढ्दो बसाइँसराईसँगै मानिसहरूले पैसाका लागि खेतीयोग्य जमिन बिक्री गरी घडेरीमा परिणत गर्ने क्रमसमेत बढ्दै गएको छ।

धनगढी उपमहानगरपालिका ५ हसनपुरका खगिराज चौधरीले पछिल्लो समयमा राम्रो उब्जनी हुने खेतीयोग्य जग्गा धमाधम विक्री गरिरहेका छन्। दुई बिघा जमिनमा वार्षिक ५० क्विण्टल धान फलाउँदै आएका उनले छोरोछोरी पढाउन सो जग्गा बिक्री गरिरहेको बताए।

खगिराजले भने– ‘छोराछोरीलाई उच्च शिक्षा पढाउँदैछु। खेतीबाट आएको पैसाले पढाउन पुगेन, त्यही भएर घडेरी बनाएर जमिन बेच्दैछु।’

उनले अहिलेसम्म पाँच कठ्ठा खेतीयोग्य जमिन विक्री गरिसकेको बताए। भने– ‘जमिन घडेरीमा परिणत भएपछि उब्जनी पनि घट्नु स्वाभाविक हो।’

धनगढी उपमहानगरपालिका २ का नरनारायण शाहले तीन वर्षअघि अधियाँमा जमिन दिएका थिए। सो जमिनमा अहिले व्यावसायिक प्रयोजनका लागि धमाधम घडेरी निर्माण भइरहेका छन्। अधियाँमा खेती गराउँदै आएको सो जग्गामा अहिले होटल, छापाखाना, पुस्तक पसल लगायतको व्यापार सञ्चालन गर्न घडेरी निर्माण भएका छन्। 

खगिराज चौधरी र नरनारायण शाहले मात्र होइन भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलालीका अनुसार मासिक आठ सयदेखि एक हजार जनाले जग्गा किनबेच गर्ने गरेका छन्। मालपोत कार्यालयका अनुसार गत असोजमा मात्रै नौ सय १६ जनाले जग्गा किनबेच गरेका छन् भने कात्तिकमा एक हजार ३७ जनाले किनबेच गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘यहाँ शिक्षा, स्वास्थ्य, यातायातसँगै मानिसका आधारभूत सेवाहरूको सहज पहुँच रहेकाले प्रदेशका पहाडी तथा हिमाली जिल्लाबाट बसाइँसराइ गर्ने क्रम बढेको छ। बसाइँसराइ  बढेसँगै यहाँका खेतीयोग्य जमिन घडेरीमा परिणत भइरहेका छन्’, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड भन्छन्, ‘बसाइँसराइ नियन्त्रण गर्न राज्यले विशेष नीति र खेतीयोग्य संरक्षण गर्न चाँडोभन्दा चाँडो आवश्यक ऐन, नियमावली, कार्यविधि जारी गर्नुपर्छ।’

निर्माणाधीन गेटा मेडिकल कलेज भवन

सर्वसाधारणमात्र नभई सार्वजनिक भौतिक संरचना निर्माण गर्न पनि खेतीयोग्य जमिन नै प्रयोग हुन थालेका छन्। दुई वर्षअघि धनगढी उपमहानगरपालिका ८ स्थित धनगढी नमुना प्राविधिक विद्यालयले चार बिघा जमिन कृषकहरूलाई भाडामा दिएको थियो। सो जमिनमा स्थानीय कृषकहरूले धान, गहुँसगै तरकारी खेती गरिरहेका थिए। तर, अहिले सो जमिनको डेढ बिघामा धनगढी उपमहानगरपालिकाको कार्यालयले सिटी हल निर्माण गरिरहेको छ भने विद्यालयले थप डेढ बिघामा आफनै भवन बनाइरहेको छ। उपमहानगरपालिकाले साढे छ सय र साढे दुई सय गरेर झण्डै नौ सय मानिस अटाउने गरी सो सिटी हल निर्माण गरिरहेको छ।

धनगढी नमुना प्राविधिक विद्यालयका प्राधानाध्यापक लक्ष्मण दत्त भट्टले भने– ‘कृषकलाई जमिन भाडामा दिँदा अन्नबालीको उब्जनी पनि भइरहेको थियो भने विद्यालयको आम्दानीको स्रोत पनि बनेको थियो। तर, अब सार्वजनिक र विद्यालय भवन बन्दा खेतीयोग्य जमिन मासियो।’

धनगढी उपमहानगरपालिका ८ वडा अध्यक्ष नारायण बरालले भने, ‘यो वडाका अधिकांश मानिस कृषि पेशामा संलग्न थिए। तर, अहिले खेतीयोग्य जमिन घट्दै गएको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वडाध्यक्ष बरालका अनुसार अहिले सो वडामा ७५ प्रतिशत बजार उन्मुख भइसकेको छ भने २५ प्रतिशतमात्र कृषि क्षेत्र रहेको छ। वडाध्यक्ष बराल भन्छन्– ‘छोरोछोरी पढाउन, विवाह, ब्रतबन्ध लगायतमा पैसा अभाव हुँदा मानिसले जग्गा बेच्ने गरेका छन्।’

धनगढी उपमहानगरपालिका घर नक्सा शाखाका अनुसार वार्षिक एक हजार बढी व्यक्तिहरूले घर नक्सा पास गरिरहेका छन्। उपमहानगरपालिकाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा आठ सय ५६, २०७५/०७६ एक हजार एक सय ८१ र २०७६/७७ मा सात सय १९ घर नक्सा पास भएका छन्।

जिल्लामा बढ्दै गएको बसाइँसराइ र खेतीयोग्य जमिनमा भइरहेको भौतिक संरचना निर्माणले खाद्यान्न उत्पादनमा समस्या ल्याउन सक्ने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। घडेरी तथा सार्वजनिक संरचनाका कारण जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल घट्दो क्रममा रहेको मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराले बताए। उनले भने, ‘अहिले मानिस सुविधा चाहन्छन्। जहाँ पूर्वाधार विकास छ। आधारभूत  सेवा सहज रुपमा उपलब्ध छन् त्यही मानिस बसाइँसराइ गर्न चाहन्छन्। त्यसैले राज्यले समान विकासको नीति अघि नबढाए खेतीयोग्य जमिनहरू खण्डीकरण हुने क्रम बढ्छ।’

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र गोदावरी नगरपालिका हो। प्रदेश सरकारले राजधानी तोकेपछि सो क्षेत्रमा जग्गाको कारोबार बढेको देखिएको छ। नगरपालिकाको नक्सा शाखाका सिभिल इन्जिनियर रविन्द्र उपे्रतीका अनुसार अहिले वार्षिक एक सय ५० घर नक्सा पास भइरहेका छन्। नगरपालिकामा ०७४/७५ मा एक सय ६० र ०७५/७६ मा एक सय २० घर नक्सापास भएको रेकर्ड छ। उनले भने– पहिले यहाँ घर नक्सापास गराउनेको रेकर्ड राखिन्थेन। अहिले रजिष्टरमा नाम संकलन गर्ने गरिएको छ। यसमा केही छुटफुट भएको हुन सक्छ।

कैलालीकै पूर्वी क्षेत्रमा अहिले रानी जमरा कुलरियाँ सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा  छ। राष्ट्रिय गौरवको यो सिँचाइ आयोजना अघि बढेसँगै सो क्षेत्रमा कृषिका लागि मानिसहरू आउने क्रम बढेको छ।

निर्माणधीन रानीजमरा कुलरिया सिँचाइ आयोजना

टीकापुर नगरपालिकाका अनुसार दुई वर्ष आठ महिनामा एक हजार सात सय ५३ घरपरिवार बसाइँसराइ गरेका छन्। त्यसमा जाने भन्दा आउनेको संख्या अधिक रहेको छ। नगरपालिकाका अनुसार नौ सय ५१ घरपरिवार बसाइँ सरी आएका छन् भने चार सय ८० गएका छन्। 

नगरपालिकाको अनुसार आर्थिक वर्ष २०७५ मा चार सय ७७ घरपरिवारका एक हजार सात सय छ जना बसाइँ सरी आएका छन् भने एक सय ७३ घरपरिवारका पाँच सय ८० जना गएका छन्। त्यस्तै, २०७६ मा पाँच सय ९३ घरपरिवारका दुई हजार एक सय ५८ जना आएका छन् भने दुई सय ४० घरपरिवारका आठ सय चार जना गएको तथ्यांक रहेको छ।

टीकापुर नगरपालिकामा यस वर्ष २०७७ को मंसिर महिनासम्म बाहिरबाट एक सय ८५ घर परिवारका पाँच सय ९३ जना आएका छन् भने ६७ घरपरिवारका दुई सय १५ जना गएको तथ्यांक रहेको छ।

नगरपालिकाको नक्सा फाँटका अनुसार २०७१ सालयता प्रति महिना सरदर तीन सयदेखि पाँच सयसम्म घरको नक्सापास भइरहेको छ। २०५८ सालको जनगणना अनुसार टीकापुर नगरपालिकामा छ हजार दुई सय ८७ घरधुरी थियो भने २०६८ सालसम्म ११ हजार छ सय ३० घरधुरी पुगेका छन्। 

टीकापुरसँगै जोडिएको जानकी गाउँपालिकामा पनि घर निर्माण र बसाइँसराइमा वृद्धि भएको छ। यसले यस क्षेत्रमा निर्माण भैरहेको राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ  आयोजनाको औचित्यमाथि नै प्रश्न उठन थालेको छ। 

२०६८ सालको जनगणना अनुसार कैलालीमा बसाइँ सरी आउनेको कुल जनसंख्यामा कृषिका लागि २८ दशमलव ११ प्रतिशत रहेको उल्लेख छ। तर, बसाइँ सरी आउनेहरूले जथाभावी घडेरी निर्माण गर्दा खेतीयोग्य जमिन नै साँघुरिँदै गएको छ। जानकी गाउँपालिकाका सव–इन्जिनियर विपिन चौधरीले भने, ‘गाउँपालिकामा घर नक्सापास गर्नेको संख्या कमै भए पनि पुरानै संरचनामा घर निर्माण गर्ने क्रम बढेका छन्।’

उनले खेतीयोग्य जमिनमा घडेरी बन्दा रानीजमरा कुलरिया सिँचाइ आयोजना प्रभावित हुने बताए।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ६० र ०७६÷०७७ मा १८ वटा घर नक्सापास भएका छन्। 

कैलालीमा बसाइँसराइ, भौतिक संरचनासँगै विपदले पनि खेतीयोग्य जमिनमा प्रभावित पारिरहेको छ। कैलालीको भजनी, जानकी, जोशीपुर र टीकापुर क्षेत्र हरेक वर्षको वर्षाका कारण प्रभावित हुने गरेको छ। वर्षाकै कारण त्यहाँका किसानहरूले खेतीयोग्य जमिन गुमाउनुपर्ने अवस्था रहेको छ। भजनी नगरपालिकाका भलमन्सा रामकिशन चौधरी भन्छन्– ‘बाढीका कारण यहाँबाट स्थानीय विस्थापित हुँदै गएका छन् भने गाउँमा पस्ने बाढीले संयौ बिघा जमिन बर्सेनि कटान गर्ने गरेको  छ ।’

राष्ट्रिय कृषि गणना–२०६८ अनुसार कैलालीमा १० वर्षको अवधिमा एक सय २९ हेक्टर कृषिचलनको क्षेत्रफल मासिएको पाइएको छ। २०५८ मा कैलालीमा १७ हजार पाँच सय सात दशमलव सात हेक्टर कृषिचलनको क्षेत्रफल रहेकोमा २०६८ मा १७ हजार तीन सय ७८ दशमलव पाँच रहेको छ।

१० वर्षमा कैलालीमा खेतीयोग्य जमिन घट्दै गएको देखिएको छ। २०५८ सालको जनगणनामा कैलालीमा छ हजार तीन सय ७९ दशमलव सात हेक्टर खेती जमिन रहेकोमा २०६८ मा घटेर तीन हजार एक सय ६४ दशमलव दुई पुगेको छ भने पाखो जमिनमा भने वृद्धि हुँदै गएको छ। २०५८ मा ११ हजार एक सय २७ दशमलव आठ हेक्टर पाखो जमिन रहेकोमा २०६८ मा वृद्धि भएर १४ हजार दुई सय १४ पुगेको देखाएको छ।

२०६८ को जनगणना अनुसार १७ हजार तीन सय ७८ दशमलव पाँच हेक्टर कुल कृषिचलनको कति मासिएको छ भन्नेबारेमा भने अध्ययन नभएको जनाइएको छ। 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्लो १० वर्षमा खेतीयोग्य जमिन विभिन्न कारणले मासिएको र बाँझो रहेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराले भने, ‘अहिले हामीसँग खेतीयोग्य जमिनको यकिन तथ्यांक छैन, तर, यो दश वर्षको अवधिमा बसाइँसराइका कारण पहाडमा कुल खेतीयोग्य जमिनको १० प्रतिशत बाँझो र तराइको १० प्रतिशत खेतीयोग्य जमिनमा घडेरी, सार्वजनिक भवन, खानेपानी लगायतका योजनाले मासिएको अनुमान छ।’ उनले बसाइँसराइ निरुत्साहन र व्यवस्थित वसोबासको व्यवस्था गरिए खेतीयोग्य जमिन संरक्षण हुने बताए।

‘संघीय सरकारले भूउपयोग ऐन, २०७६ जारी गरे पनि नियमावली नआउँदा ऐनको कार्यान्वयनमा समस्या देखिएको छ’ सूचना अधिकारी बोहराले भने ‘नियमावली आएपछि स्थानीय तह र प्रदेश सरकारले सोही अनुसार कार्यक्रम अघि बढाउनुपर्ने हुन्छ।’ 

सो ऐन अनुसार कुनै पनि कृषि भूमिलाई खण्डिकरण गरेर घडेरी बनाउन नपाइने व्यवस्था रहेको छ। सो ऐनको दफा ११ को उपदफा (१) मा भनिएको छ– यो ऐन प्रारम्भ हुँदाका बखत कृषि क्षेत्रमा रहेको घरमा साविक बमोजिम बसोबास गरेकोमा बाहेक नयाँ घर निर्माण वा बसोबासका पूर्वाधारहरू थप वा विस्तार गर्न सकिने छैन। त्यस्तै, जथाभावी प्लटिङ गरेर घडेरी बनाउन नपाइने व्यवस्था पनि ऐनमा स्पष्ट उल्लेख छ। 

भू–उपयोग ऐनको दफा १२ मा ‘यस ऐनबमोजिम आवासीय प्रयोजनको लागि वर्गीकरण गरिएको क्षेत्र बाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रुपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न पाइने छैन’ भनिएको छ।

‘खेतियोग्य जमिनमा घरघडेरी निर्माण गर्न रोक्नु पर्दछ’ कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले भने– ‘खेतियोग्य जमिनमा घडेरी बनाउने क्रमले खाद्यान्न उत्पादनमा ह्रास आउन थालेपछि अहिले उत्पादकत्व बढाउन ज्ञान केन्द्रले विभिन्न कार्यक्रम अघि बढाएको छ।’ उनले खेतियोग्य जमिनको संरक्षण गरेर व्यवस्थित बसोबास गराउन जरुरी रहेको बताए।

बर्दगोरिया गाउँपालिकाका कृषि शाखा प्रमुख भन्छन्, ‘अहिले घरघडेरीका कारण खेतीयोग्य जमिन घटेको छ। यो क्षेत्रमा अहिले ४० प्रतिशतमात्र खेतियोग्य जमिन रहेको छ।’ उनले बसाइँसराइ गर्ने बढेसँगै खेतीयोग्य जमिन घरघडेरीमा परिणत हुन लागेको बताए।

धनगढी उपमहानगरपालिका १४ मा खेतीयोग्य जमिन बिक्रीका लागि राखिएको सूचना बोर्ड

किन गर्छन बसाइँसराइ ?
२०६८ को जनगणना अनुसार कैलालीमा आएका एक लाख ७२ हजार छ सय ८२ जनामध्ये कृषिका लागि २८ दशमलव ११ प्रतिशत, व्यापारका लागि तीन दशमलव ११ प्रतिशत र नोकरीका लागि चार दशमलव २२ प्रतिशत रहेका छन्।

त्यस्तै, अध्ययनका लागि १० दशमलव ५८ प्रतिशत, विवाह गरेर १४ दशमलव ४० प्रतिशत, निर्भरतामा २८ दशमलव ३२, द्वन्द्वका कारण एक दशमलव २५ प्रतिशत र अन्य कारणले चार दशमलव ४४ प्रतिशत बसाइँसराइ गर्न आउने गरेको देखाइएको छ। सबैभन्दा बढी पहाडबाट ७० दशमलव ८० प्रतिशत आएका छन््। त्यस्तै, हिमाली क्षेत्रबाट १५ दशमलव २७ प्रतिशत र तराई क्षेत्रबाट १२ दशमलव ४४ प्रतिशत आएको देखिएको छ।

कैलालीको जनसंख्या वृद्धिदर, लैंगिकअनुपात तथा औसत घरपरिवारको संख्यामा २०५८ बाट २०६८ सालसम्म आइपुग्दा तीव्र गिरावट आएको देखिए पनि बसाइँसराइ भने ठूलो संख्याले वृद्धि हुने गरेको छ।

बसाइँसराइले जनसंख्या वृद्धिदरमा ठुलो असर पुर्‍याउने भएका कारण राज्यले बसाइँसराइ न्यूनीकरण गर्ने योजना बनाएको छ, तर सुदूरपश्चिमका पहाडी जिल्लामा पूर्वाधार विकास नहुनु र बेरोजगारीका कारण कैलालीलगायत अन्य जिल्लामा जाने गरेको पाईएको छ। 

सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइने खनिज, पेट्रोलियमको अध्ययन अनुसन्धान गरि उद्योगहरू सञ्चालन ल्याउन सकियो र नदीहरूबाट विद्युत आयोजना सञ्चालन गरिने हो भने बसाइँसराइको क्रमलाई रोक्न सकिने र बेरोजगारी दरलाई पनि न्यून गर्न सकिने कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले बताए। उनले भने– बसाइँसराइ न्यूनीकरण गर्न सकेमा पनि खेतीयोग्य जमिनहरूलाई खण्डीकरण हुनबाट जोगाउन सकिन्छ।


 

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्