काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबलको मिति घोषणा गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको बैठकले २०७६ सिजनको सहिद स्मारक ए डिभिजन लिग आउँदो चैत १ गतेदेखि सुरु हुने जानकारी दिएको हो। सी डिभिजन क्लबसँगको छलफलपछि एन्फाले चैतबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो।
एन्फाले सी डिभिजन क्लबलाई यो वर्षदेखि तयारी खर्चमा दुई लाख बढाउने पनि निर्णय गरेको छ। यसअघि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई प्रतियोगिताको तयारी स्वरुप सात लाख दिँदै आएको थियो। तर यो सिजनबाट भने दुई लाख बढाएर ९ लाख पुर्याएको छ।
यसअघि एन्फाले बुधबार मात्रै कोरोना भाइरसको कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग फागुन ११ बाट सुरु गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।