काठमाडौं- नक्कली परीक्षार्थी बनेर इपिएस परीक्षा पास गराउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (ईपिएस) परीक्षा दिने परीक्षार्थीहरुसँग रकम लिई परीक्षा दिने नक्कली परीक्षार्थी रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थायी घर भई हाल काभ्रे पनौती नयाँ बस्तीमा बस्दै आएका रोजबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
निज तामाङसमेतले परीक्षामा सामेल हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिई आफैँ नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै आएका थिए। गोप्य सूचनाका आधारमा भक्तपुर सूर्यविनायक नगरपालिकाबाट निज तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगातीमा पठाईएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।