टुरान- युभेन्ट्सले लगातार चौथो पटक इटालियन कपको उपाधि जितेको छ। युभेन्टसले बुधबार राति भएको फाइनलमा एसि मिलानलाई ४-० गोलले पराजित गर्दै उपाधि जितेको हो।
युभेन्ट्सको जितमा सेन्टर ब्याक मेधि बेनेटियाले २ गोल गरे। उनले ५४ र ६४ मिनेटमा गोल गरेका थिए। डाउग्लास कोस्टाले ६१ अर्को गोल थपेका थिए। ७६ मिनेटमा मिलानका कालिनिकले आफ्नो पोस्टमा गोल गरेपछि युभेन्ट्स ४-० गोलले अघि बढेको थियो।
युभेन्ट्सले इटालियन कपको उपाधि जितेको यो १३औं पटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।