म्याड्रिड- स्पेनिस ला लिगमा रियल म्याड्रिड पराजित भएको छ। रियललाई बुधबार राति भएको खेलमा रियललाई सेभियाले ३-२ गोलले पराजित गरेको हो।
सेभियाका लागि बेन याडरले २६ र लायुनले ४५ मिनेटमा गोल गरेका थिए। ८४ मिनेटमा रियलका सर्जियो रामोस आफ्नै पोस्टमा गोल गरेपनि सेभिया ३-० गोलले अघि बढेको थियो। त्यसअघि रोमोसले पेनाल्टी मिस गर्दा रियलले खेलमा फर्कने मौका गुमाएको थियो। तर रियलका लागि ८७ मिनेटमा मोयारलले गोल फर्काए। रामोसले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फ गोल गर्दा रियललाई खेलमा फर्कन ढिला भइसकेको थियो।
हारसँगै च्याम्पियन्स लिगको फाइनलिस्ट रियलले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। च्याम्पियन बनिसकेको बार्सिलोनाले ३६ खेलबाट ९०, दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले ७५ र तेस्रो स्थानमा रहेको रियलले ७२ अंक जोडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।