सुनसरी- सुनसरीको कोशी गाउँपालिका-८ भान्टाबारीबाट अवैध हातहतियारसहित २ जनालाई प्रहरी पक्राउ गरेको छ। उक्त स्थानमा हातहतियारको बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हतियारसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भान्टाबारीकै ३५ बर्षीय मोहम्मद मुक्तार मिया र २७ वर्षीय सद्दाम मिया छन्। उनीहरूको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउन्ड गोली बरामद गरेको छ।
हतियार ओसारपसारमा उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल र २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। हातहतियारसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
मुलुकी अपराध (संहिता) ऐन-२०७४ को हातहतियार खरखजनासम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।