काठमाडौं- अदालतबाटै प्रहरीलाई झुक्याएर फरार भएका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) लाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।
गत मंसिर २८ गते जिल्ला अदालत ललितपुरबाटै प्रहरीलाई झुक्याएर फरार भएका दर्नालको खोजीमा प्रहरीमा जुटे पनि उनलाई अहिलेसम्म फेला पार्न नसकेको हो।
अर्थ विभाग प्रमुख दर्नाल भनेर प्रहरीले उनका भाइ प्रमेश दर्नाललाई पक्राउ गरेको थियो। अदालतले छाड्न आदेश दिएपछि प्रमेश र प्रेम बहादुरले एकआपसमा साटेर लुगा लगाएका थिए। त्यसपछि प्रहरी झुक्किएर प्रेमबहादुर भनेर उनका भाइ प्रमेशलाई पक्राउ गरेको थियो।
उक्त प्रकरणमा भक्तपुर, ललितपुरका प्रहरी प्रमुखदेखि अपराध महाशाखा प्रमुखसम्मलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सोधपुछ गरेको थियो। प्रहरीलाई झुक्याएर फरार भएका दर्नाललाई पक्राउ गर्न प्रहरी टोली खटिएको १० दिन बितिसक्दासमेत पक्राउ पर्न सकेका छैनन्।
यसबारे महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा एआइजी हरि पाल भन्छन्, ‘उनको खोजीमा प्रहरी खटिएको छ। ढिलोचाँढो पक्राउ पर्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।