काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–० गोलले पराजित गरेको हो।
रियल सोसिडाडलाई उसैको मैदानमा एथ्लेटिको मड्रिडले पराजित गर्ने क्रममा मारियो हेर्मोसो र मोर्कस लोरेन्टेले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको रियल सोसिडाडले दोस्रो हाफमा दुई गोल खान पुग्यो। खेलको ४९ औं मिनेटमा मारियोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १–० गोलको अग्रता दिलाए। खेलको ७४ औं मिेटमा लोरेन्टेले गोल गरेपछि एथ्लेटिको मड्रिडले रियल सोसिडाडविरुद्ध २–० गोलको जित निकालेको हो।
स्पेनिस ला लिगा मै भएको अर्को खेलमा सेभियाले भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको छ।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको जितसँगै १३ खेलबाट ३२ अंक भएको छ। पराजित रियल सोसिडाडको लिगको तेस्रो स्थानमा छ। उसको १६ खेलबाट २६ अंक छ। जितसँगै एथ्लेटिको मड्रिडले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी भने तीनमा पुर्याएको छ। एथ्लेटिको मड्रिडले भन्दा एक खेल बढी खेलेको रियल मड्रिडको २९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।