बार्सिलोना- स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ। सिजनको उपाधि जितिसकेको बार्सिलोनाले भिल्लारियललाई ५-१ गोलले हराएको हो।
बार्सिलोनाका लागि फिलिप काउटिन्होले खेलको ११ मिनेटमा गोल गर्दै अग्रता दिलाए। पाउलिन्होले १५ मिनेटमा र लिओनल मेसीले पहिलो हाफको अन्तिम मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।
५४ मिनेट भिल्लारियलका सानसोनले गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ मा झारेका थिए। तर डेम्बेलेले खेल सकिन तीन मिनेट बाँकी छदा बार्सिलोनाका लागि चौथो गोल गरे। इन्जुरी टाइममा भिल्लारियलका डिएमबेलेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ५-१ को सानदार जित हात पार्न सफल भयो।
जितसँगै बार्सिलोना सिजनको ला लिगमा अपराजित रहन २ खेल टाढा छ। बार्सिलोनाले ३६ खेलबाट ८७ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।