काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको सेयर लाभांश र १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो। उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५० करोड छ भने लाभांश वितरणपछि ७ अर्ब १९ करोड हुनेछ। कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ।
हालसम्म स्वदेश र विदेशका गरी २८ लाख २० हजार १ सय ९६ व्यक्ति कम्पनीमा बीमित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।