काठमाडौं- उखु किसानलाई सबैभन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको श्रीराम सुगर मिलले पछिल्लो १ हप्ताको अवधिमा २५ करोड ३० लाख रुपैयाँ किसानको खातामा पठाइसकेको दाबी गरेको छ। उक्त चिनी मिलले उखु किसानको ३६ करोड रुपैयाँ तिर्न बाँकी छ।
श्रीराम सुगर मिले पुस ३ गते शुक्रबार १६ करोड ४४ लाख ७० हजार सातमात्र) र पुस ५ गते आइतबार थप ८ करोड ८५ लाख ५७ हजार ५ सय गरी २५ करोड ३० लाख २७ हजार ५ सय रुपैयाँ किसानको खातामा पठाएको जनाएको छ।
रकम भूक्तानीका लागी उखु किसानहरुको खाता रहेको बैंकहरुलाई निर्देशन दिई सोहीअनुसार किसानहरुको खातामा रकम जम्मा भइरहेको र बाँकी बक्यौताको हकमा प्रत्येक दिन क्रमशः भूक्तानी गर्दै जानेसमेत उक्त चिनी उद्योगको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।